लागुऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागुऔषधसहित दुई जना पक्राउ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीपूर्व नवलपुरका विभिन्न दुई स्थानबाट प्रहरीले शनिबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले नवलपरासीको मध्यविन्दु नगरपालिका–८ फूलबारीस्थित पूर्वपश्चिम राजमार्गबाट कास्की पोखरा महानगरपालिका–१८ घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

उनको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भैरहवाबाट पोखराका लागि छुटेको ना५ख ८६९८ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पक्राउ परेका गुरुङको साथबाट प्रहरीले डाइजेपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको छ । यस्तै प्रहरीले आजै मध्यविन्दु नगरपालिका–१० अरुणखोला बजारबाट अर्का एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । ना५२प २७०७ नंको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३६ एम्पुल र प्रोमाथाइजन ३५ एम्पुल गरी १०७ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : १५ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र