बागलुङमा मङ्सिरमा हुने उपनिर्वाचनको तयारी « Khabarhub

बागलुङमा मङ्सिरमा हुने उपनिर्वाचनको तयारी


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ ।

बागलुङमा मृत्यु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडीगाढ गाउँपालिका– २ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि ती स्थान रिक्त भएका हुन् ।

निर्वाचन घोषणा भएपछि साउन १६ गतेसम्म निर्वाचन कार्यालयमा दर्ता भएका वा सरेर आएका मतदाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास पौडेलले बताए ।

प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ मा गत निर्वाचनमा ३३ हजार २४० मतदाता सहभागी थिए । यस पटक ३६ हजार ५०० मतदाताको नामावली सङ्कलन भएको छ । वडातर्फ बडीगाढ गाउँपालिका–२ मा गत निर्वाचनमा एक हजार ७७० मतदाता थिए । यस पटक एक हजार ८०२ जनाको मतदाता नामावली सङ्कलन भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

“अहिले प्रदेशसभा सदस्य र वडा अध्यक्षका लागि दुई ठाउँमा निर्वाचन गराउँनुपर्ने भएको छ”, पौडेलले भने“रिक्त रहेको प्रदेशसभा सदस्य अन्तर्गत क्षेत्र नं–२ को ‘ख’ र एक वडा अध्यक्षमा निर्वाचन गर्ने तयारी थालिएको हो ।” पौडेलका अनुसार अहिले तथ्याङ्क प्रशोधनकै क्रममा रहेकाले मतदाता सङ्ख्यामा केही तलमाथि हुनसक्ने छ ।

प्रदेशसभा सदस्यअन्र्तगत क्षेत्र नं–२ को ‘ख’ मा ४२, बडीगाढ गाउँपालिका–२ मा चार गरी ४६ मतदानस्थल रहेको पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यालयले निर्वाचनको तयारी थालेपछि राजनीतिक दलमा चुनावी सरगर्मी बढेको छ । प्रदेश सभा सदस्य क्षेत्री राष्ट्रिय जनमोर्चबाट प्रतिनिधित्व गर्दै वाम गठबन्धन र वडाध्यक्ष भुषाल तत्कालीन नेकपा एमालेबाट नेतृत्व गर्दै चुनाव जित्नुभएको हो । जण्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गतवर्ष मङ्सिर २६ मा निधन भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : २६ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।