विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा « Khabarhub

विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर प्रवर्धनात्मक काम गरिरहेका बेला नेपाललाई सहयोग पुग्ने गरी वल्ड इकोनोमिक फोरमले नयाँ सूची सार्वजनिक गरेको छ । जहाँ नेपाल विश्वकै सस्तो पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको हो । वल्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो । प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा छ ।

प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा छ । त्यस्तै बेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ । छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ । ब्रुनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो ।

मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गरिरहेका विमान कम्पनीले इन्धनको मूल्य बढी भएको गुनासो गरिरहँदा प्रतिवेदनले इन्धनको मूल्यका हिसाबले नेपाल विश्वकै ३९ औँ सस्तो देशका रूपमा रहेको उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ । सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ । पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ । पर्यटकका लागि विश्वकै सस्ता गन्तव्यमा अगाडि हुनुबाहेक बाँकी सूचकमा नेपालको अवस्था खास राम्रो छैन ।

पर्यटकका लागि आवश्यक पूर्वाधारमा नेपाल १२६ औँ स्थानमा छ । त्यस्तै वातावरणीय दिगोपनामा १३४, बन्दरगाह पूर्वाधारमा १३१, अन्तर्राष्ट्रिय उदारपनामा १०१, सूचना प्रविधि तत्परतामा १०८, व्यावसायिक वातावरणमा ११३, स्वास्थ्य र स्वच्छतामा १०६, सांस्कृतिक स्रोत र व्यावसायिक यात्रामा १०२ औँ स्थानमा छ ।

हवाई पूर्वाधारमा ९३, सुरक्षामा ९१, श्रम बजारमा ८३ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक स्रोतमा भने नेपाल विश्वमै ३३ औँ स्थानमा र पर्यटनलाई प्राथमिकतामा राख्ने देशमध्ये ४८ औँ स्थानमा छ । यी सबै सूचकभित्र पनि अन्य सहायक सूचकको आधारमा देशको विश्लेषण गरिएको छ । पर्यटन क्षेत्रको समग्र प्रतिस्पर्धी सूचकमा भने नेपाल १०२ औँ स्थानमा छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : २३ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई