चिनियाँ विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता « Khabarhub

चिनियाँ विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ ।

काठमाडौंको नक्सालस्थित होटेल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको हो । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड होटल मेरियट पुगेका थिए ।

दुई नेताबीचको भेटवार्तामा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनाका विषयमा छलफल भएको जनाइएको छ ।

आइतबार साँझ काठमाडौं आइपुगेका विदेशमन्त्री यी त्यसयता राजनीतिक भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त छन् ।

विदेशमन्त्री यी सोमबार दिउँसो नेपाल–चीन परराष्ट्रमन्त्री बैठकमा सहभागी भएका थिए । उक्त वैठकमा नेपाल र चीनबीच विभिन्न ३ वटा सम्झौतामा समेत हस्ताक्षर भएको थियो ।

विदेशमन्त्री यीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ५३ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका