प्रदेश नम्बर २ सरकारले पनि संविधान दिवस मनाउने, राजपा भने विरोधमा « Khabarhub

प्रदेश नम्बर २ सरकारले पनि संविधान दिवस मनाउने, राजपा भने विरोधमा


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ को सरकारले पनि असोज ३ गते भव्यताका साथ संविधान विदस मनाउने निर्णय गरेको छ ।

प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो ।

संविधान दिवसको अवसरमा असोज २ गते डेंगु लगायत विभिन्न प्रकारका सरुवा रोगको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । यस्तै, ३ गते प्रदेशका विभिन्न शहर र नगर क्षेत्रमा सरसफाइ गर्ने निर्णय भएको छ ।

केन्द्र सरकारले भने यसअघि नै भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरिसकेको थियो । केन्द्र सरकारले घरघरमा राष्ट्रिय झण्डा राखी दीपावली गरेर संविधान दिवस मनाउन सम्पूर्ण नागरिकहरुमा समेत अनुरोध गरेको छ ।

संविधान जारी हुँदाका बेला आन्दोलनमा रहेको २ नम्बर प्रदेश (मधेस)मा संविधान दिवसलाई लिएर पनि विवाद हुने गर्दछ ।

संविधान दिवसका विषयमा प्रदेश नम्बर २ का दुई सत्ता साझेदार दल समाजवादी पार्टी र राजपा नेपालबीच विवाद उत्पन्न भएको छ ।

प्रदेश मन्त्रिपरिषद बैठकले भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेपछि प्रमुख सत्ता साझेदार दल राजपाले भने त्यस्तो निर्णयप्रति असहमति जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १२ : ०४ बजे

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको