नेपालले यूएईलाई दियो २८६ रनको चुनौती | Khabarhub Khabarhub

नेपालले यूएईलाई दियो २८६ रनको चुनौती


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ एसिया कपमा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको मरियान्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

युएईविरुद्ध कमजोर शुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले ब्याटिङ इनिङ्सलाई बलियो बनाएका थिए ।

त्यस्तै, नेपालका लागि कप्तान रोहितले सर्वाधिक ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाएका थिए भने सन्दिप जोराले ४८ रन बनाउँदा आसिफ शेखले ४५ रन बनाए । अलराउण्डर कमलसिंह ऐरीले ४१ रन बनाए । उनले २५ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने राशिद खानले ४४ रन र कुसल मल्लले २२ रन बनाए ।

नेपालविरुद्ध युएईका सुचित शर्मा र मोहम्मद आकाश ताहिरले समान ३/३ विकेट लिए । कार्तिक पलानियापामले २ विकेट लिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : २३ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार