नेपालले यूएईलाई दियो २८६ रनको चुनौती « Khabarhub

नेपालले यूएईलाई दियो २८६ रनको चुनौती


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ एसिया कपमा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको मरियान्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाली टोलीले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

युएईविरुद्ध कमजोर शुरुवात गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आसिफ शेखले ब्याटिङ इनिङ्सलाई बलियो बनाएका थिए ।

त्यस्तै, नेपालका लागि कप्तान रोहितले सर्वाधिक ८ चौका र १ छक्काको मद्दतमा ६७ रन बनाएका थिए भने सन्दिप जोराले ४८ रन बनाउँदा आसिफ शेखले ४५ रन बनाए । अलराउण्डर कमलसिंह ऐरीले ४१ रन बनाए । उनले २५ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाए भने राशिद खानले ४४ रन र कुसल मल्लले २२ रन बनाए ।

नेपालविरुद्ध युएईका सुचित शर्मा र मोहम्मद आकाश ताहिरले समान ३/३ विकेट लिए । कार्तिक पलानियापामले २ विकेट लिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : २३ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)