डेंगुविरुद्ध काठमाडौं महानगरको सफाइ अभियान « Khabarhub

डेंगुविरुद्ध काठमाडौं महानगरको सफाइ अभियान


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेंगु नियन्त्रणका लागि काठमाडौँ महानगरले अभियान थालेको छ । महानगरको वडा नम्बर–२१ ले मंगलवार डेंगु न्युनिकरणका लागि जनचेतनामुलुक र्‍यालीको आयोजना गर्‍यो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् डाक्टर अजयक्रान्ति शाक्यलगायतको अगुवाईमा सो वडाले डेंगु न्युनिकरणका लागि जनचेतना र्‍यालीको आयोजना गरेको हो ।

‘टोल–टोलबाट उठौँ, गल्ली–गल्लीबाट उठौँ, डेंगुविरुद्ध सर–सफाईमा जुटौँ, सबै मिलेर लडौँ’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’लगायतका प्लेकार्ड बोकेर लगनटोलबाट सुरु भएको र्‍यालीले भोटेवहाल, सुन्धारा, जैसीदेवललगायतका स्थानको परिक्रमा गरेको थियो ।

र्‍यालीपछि संक्षिप्त कुराकानी गर्दै मेयर शाक्यले डेंगु न्युनिकरणका लागि यस्ता जनचेतनामुलुक अभियान ३२ वटै वडामा सञ्चालन गर्ने जानकारी दिए ।

‘डेंगु अहिले भयावह बन्दै गएको अवस्थामा महानगरपालिकाले न्युनिकरणका लागि पहल थालेको छ,’ शाक्यले भने, ‘यस्तो जनचेतानामुलक काम यो वडामा मात्रै सीमित हुनुहुँदैन महानगरभित्रका ३२ वटै वडामा हामीले न्युनिकरणको प्रयास थालेका छौँ ।’

उनले अहिले यसलाई कसरी रोकथाम गर्ने भन्ने विधि नै नभएकाले न्युनिकरणको प्रयासमा महानगरपालिका लागेको पनि बताए ।

‘डेंगुबाट बच्ने उपायका बारेमा महानगरवासीलाई जानकारी दिनका लागि पनि यो अभियान चलाएका हौँ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर हामी अझ प्रभावकारी ढंगले अघि बढ्छौँ ।’

२१ वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले पनि यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘वडा नम्बर २१ सफाई मजदुरको बसोबास भएको क्षेत्र पनि हो,’ उनले भने, ‘त्यसैले अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी जनचेतनामुलुक अभियान चलाउनु पर्ने भएकाले हामीले यो अभियान चलाएका हौँ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ३१ बजे

चार निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१

रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी

भक्तपुर-२ मा पराजित भएपछि महेश बस्नेतले भने- राजनीतिमा हार-जित स्वभाविक हुन्

काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित

काठमाडौँमा रास्वपाको क्लिनस्वीप : कसले कति मत पाए ?

काठमाडौँ – देशको राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र