डेंगुविरुद्ध काठमाडौं महानगरको सफाइ अभियान « Khabarhub

डेंगुविरुद्ध काठमाडौं महानगरको सफाइ अभियान


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेंगु नियन्त्रणका लागि काठमाडौँ महानगरले अभियान थालेको छ । महानगरको वडा नम्बर–२१ ले मंगलवार डेंगु न्युनिकरणका लागि जनचेतनामुलुक र्‍यालीको आयोजना गर्‍यो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् डाक्टर अजयक्रान्ति शाक्यलगायतको अगुवाईमा सो वडाले डेंगु न्युनिकरणका लागि जनचेतना र्‍यालीको आयोजना गरेको हो ।

‘टोल–टोलबाट उठौँ, गल्ली–गल्लीबाट उठौँ, डेंगुविरुद्ध सर–सफाईमा जुटौँ, सबै मिलेर लडौँ’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’लगायतका प्लेकार्ड बोकेर लगनटोलबाट सुरु भएको र्‍यालीले भोटेवहाल, सुन्धारा, जैसीदेवललगायतका स्थानको परिक्रमा गरेको थियो ।

र्‍यालीपछि संक्षिप्त कुराकानी गर्दै मेयर शाक्यले डेंगु न्युनिकरणका लागि यस्ता जनचेतनामुलुक अभियान ३२ वटै वडामा सञ्चालन गर्ने जानकारी दिए ।

‘डेंगु अहिले भयावह बन्दै गएको अवस्थामा महानगरपालिकाले न्युनिकरणका लागि पहल थालेको छ,’ शाक्यले भने, ‘यस्तो जनचेतानामुलक काम यो वडामा मात्रै सीमित हुनुहुँदैन महानगरभित्रका ३२ वटै वडामा हामीले न्युनिकरणको प्रयास थालेका छौँ ।’

उनले अहिले यसलाई कसरी रोकथाम गर्ने भन्ने विधि नै नभएकाले न्युनिकरणको प्रयासमा महानगरपालिका लागेको पनि बताए ।

‘डेंगुबाट बच्ने उपायका बारेमा महानगरवासीलाई जानकारी दिनका लागि पनि यो अभियान चलाएका हौँ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर हामी अझ प्रभावकारी ढंगले अघि बढ्छौँ ।’

२१ वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले पनि यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘वडा नम्बर २१ सफाई मजदुरको बसोबास भएको क्षेत्र पनि हो,’ उनले भने, ‘त्यसैले अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी जनचेतनामुलुक अभियान चलाउनु पर्ने भएकाले हामीले यो अभियान चलाएका हौँ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ३१ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै