कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ « Khabarhub

कम्मरमा पेस्तोल भिरेर हिँडेका ‘सार्पसूटर’ भक्तपुरबाट पक्राउ


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार साँझ करिब ५ः३० बजेतिर महानगरीय प्रहरी परिसर भक्तपुरमा एउटा सूचना आयो, एउटा व्यक्ति कम्मरमा पेस्तोल भिरेर सडकमा हिँडिरहेका छन् ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरबाट विशेष टोली परिचालन भयो । टोली परिचालन भएको करिब डेढ घण्टा पछि, ७ बजे आसपास एकजना व्यक्ति पेस्तोलसहित पक्राउ परे ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भएका ३८ वर्षीय शम्भुप्रसाद साह छन् ।

प्रहरीका अनुसार साह एकजना व्यक्तिको ‘हत्या गर्न’ राजधानी काठमाडौं आएको खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले साह सोमबार नै भक्तपुर पुगेको बताए । एसपी प्रधानका अनुसार साह बीपी राजमार्गको बाटो भएर सार्वजनिक यातायात चढेर काठमाडौं आएका थिए ।

भक्तपुर ओर्लिएको करिब ३ घण्टापछि साह पक्राउ परेका एसपी प्रधानले बताए ।

‘उनले कसैको हत्या गर्ने योजना बनाएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी प्रधानले खबरहबसँग भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले साहको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद गरेको छ । प्रहरीका अनुसार साहले १ राउण्ड गोली पेस्तोलमा लोड गरिसकेका थिए भने ४ राउण्ड गोली खल्तीमा राखेका थिए ।

प्रहरीले उनी ‘सार्पसूटर’ भएको आशंकामा उनको ‘क्रिमिनल ब्याकग्राउण्ड’ (अपराधिक पृष्ठभूमि)को अध्ययन पनि थालेको छ ।

‘उनी यसअघि पनि कुनै घटनामा संलग्न थिए कि भन्ने आशंकामा उनको क्रिमिनल ब्याकग्राउण्ड पनि अध्ययन गरिरहेका छौं,’ एसपी प्रधानले भने, ‘अहिले सबै विषय अनुसन्धानकै क्रममा छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : ०७ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका