कांग्रेस नेता गिरीको आग्रह– सरकार बीपीले देखाएको बाटोमा हिँडोस् « Khabarhub

कांग्रेस नेता गिरीको आग्रह– सरकार बीपीले देखाएको बाटोमा हिँडोस्


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरिले नेपालको विकासका लागि पूँजीदावी र साम्यवादीभन्दा पृथक बाटो अंगाल्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता गिरीले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताएका हुन् ।

स्वर्गीय बीपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउँदै आएको स्मरण गर्दे नेता गिरीले सरकारलाई बीपीले देखाएको बाटोमा हिँड्न आग्रह गरे ।

‘कुनै पनि विकास, कुनै पनि समाजवाद, कुनैपनि साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुष्य साध्य हो । मनुष्य साधन होइन,’ गिरीले भने, ‘केही हुँदैन विकास हुँदैछ । दुईचारवटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाइँदैन । प्रत्यक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ ।’

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको उल्लेख गर्दै गिरील्े अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई गरे ।

‘विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पीएचडीलाई , डाक्टरलाई , बुद्धिजीवीलाई , विद्वानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु,’ गिरीले भने ।

संसदको विशेष समयमा बोल्दै सांसद अनिल कुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्नका लागि तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रत्येक बर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उहाँले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पूर्वतयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्नका लागि तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : १२ बजे

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने