उत्तर कोरियाले फेरि गर्‍यो दुई क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो दुई क्षेप्यास्त्र परीक्षण


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले दुई छोटो दूरीको हतियार परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङ नजिकैको फ्यानगान क्षेत्रबाट दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको र ती क्षेप्यास्त्र कोरियाली प्रायद्विपको पूर्वमा रहेको टापुमा परीक्षण गरेको जनाएको छ ।

क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको दक्षिण कोरियाली सेनाको भनाइ छ ।

ह्वाइट हाउसले पनि उत्तर कोरियाली हतियार परीक्षणबारे जानकारी प्राप्त भएको र यसबारे साझेदार मुलुकहरुसँग छलफल भइरहेको जनाएको छ । गत जुलाईयता उत्तर कोरियाले गरेको यो आठौं क्षेप्यास्त्र परीक्षण हो ।

उत्तर कोरियाले अमेरिकासँग वार्ताको तयारी भइरहेको उल्लेख गरेको केही समय नबित्दै नयाँ हतियार परीक्षण गरेको हो । यसअघि उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन हुईले आगामी सेप्टेम्बरको अन्त्यदेखि अमेरिकासँग पुनः वार्ता हुने उल्लेख गरेकी थिइन् ।

उनले आफ्नो मुलुकलाई स्वीकार्य हुने नयाँ प्रस्ताव ल्याउन अमेरिकासमक्ष आह्वान गर्दै अमेरिकी प्रस्ताव स्वीकार्य नभएको खण्डमा दुवै देशबीचको वार्ता स्वतः अन्त्य हुने चेतावनी समेत दिएकी थिइन् । वार्ताको प्रस्ताव गरी हतियार परीक्षण गर्ने उत्तर कोरियाली कदमलाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ३६ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल