उत्तर कोरियाले फेरि गर्‍यो दुई क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो दुई क्षेप्यास्त्र परीक्षण


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले दुई छोटो दूरीको हतियार परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले जनाएअनुसार उत्तर कोरियाले राजधानी प्योङ्याङ नजिकैको फ्यानगान क्षेत्रबाट दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको र ती क्षेप्यास्त्र कोरियाली प्रायद्विपको पूर्वमा रहेको टापुमा परीक्षण गरेको जनाएको छ ।

क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको दक्षिण कोरियाली सेनाको भनाइ छ ।

ह्वाइट हाउसले पनि उत्तर कोरियाली हतियार परीक्षणबारे जानकारी प्राप्त भएको र यसबारे साझेदार मुलुकहरुसँग छलफल भइरहेको जनाएको छ । गत जुलाईयता उत्तर कोरियाले गरेको यो आठौं क्षेप्यास्त्र परीक्षण हो ।

उत्तर कोरियाले अमेरिकासँग वार्ताको तयारी भइरहेको उल्लेख गरेको केही समय नबित्दै नयाँ हतियार परीक्षण गरेको हो । यसअघि उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन हुईले आगामी सेप्टेम्बरको अन्त्यदेखि अमेरिकासँग पुनः वार्ता हुने उल्लेख गरेकी थिइन् ।

उनले आफ्नो मुलुकलाई स्वीकार्य हुने नयाँ प्रस्ताव ल्याउन अमेरिकासमक्ष आह्वान गर्दै अमेरिकी प्रस्ताव स्वीकार्य नभएको खण्डमा दुवै देशबीचको वार्ता स्वतः अन्त्य हुने चेतावनी समेत दिएकी थिइन् । वार्ताको प्रस्ताव गरी हतियार परीक्षण गर्ने उत्तर कोरियाली कदमलाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ५ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा