सरकारले कार्यकर्ता पोस्ने काम गरेको कांग्रेस नेता पौडेलको आरोप « Khabarhub

सरकारले कार्यकर्ता पोस्ने काम गरेको कांग्रेस नेता पौडेलको आरोप


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको आरोप लगाएका छन् ।

पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा मंगलबार पोखरामा उनले सरकारले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए ।

दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उनले भने, “अहिले देशमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।”

डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले जनाए ।

बीपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, “वास्तवमा बीपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भन्नुभएको छ । उहाँको विचारको अनुसरण गर्नु आवश्यक छ ।”

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उनले काङ्ग्रेस हुँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताए ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गरेका थिए। काङ्ग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ५४ बजे

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।