पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली « Khabarhub

पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री ओली


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तथा परामर्शलाई तीव्रता दिएका छन् ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपाले उठाउने एजेन्डाका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई आज विहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा ९ बजेपछि हुने छलफल सीको भ्रमण तयारी र एजेण्डाबारे केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए ।

२३ वर्षपछि हुन लागेको चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत चासोका साथ हेरिरहेको छ । सी को भ्रमणलाई लिएर सरकारले भव्य स्वागतको तयारी गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : २३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका