आजको मौसम : सामान्य बदली, पूर्वका थोरै स्थानमा पानी पर्ने | Khabarhub Khabarhub

आजको मौसम : सामान्य बदली, पूर्वका थोरै स्थानमा पानी पर्ने


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । मध्य र पहाडी क्षेत्रका साथै पूर्वका केहिस्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिमी पहाडी भुभाग आंशिकदेखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिकदेखि सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान यस्तो छ

असोज २३ गते (बिहिबार)

दिउँसो: देशभरि आंसिकदेखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति: देशको मध्य तथा पुर्वी भुभागमा आंसिकदेखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भुभागमा आंसिकदेखि सामान्य बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राति: देशको पहाडी भुभागमा आंसिक बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि पहाडका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राति: देशको पहाडी भुभागमा आंसिक बदलि रहने र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ७ : ३० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ