असिनापानीले ७५ लाखको धानबालीमा क्षति « Khabarhub

असिनापानीले ७५ लाखको धानबालीमा क्षति


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ ।

असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले जानकारी दिए ।

बडादशैँका दिन मङ्गलबार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो । असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ ।

त्यसैगरी डम्मरबहादुर पोख्रेलको २५, लीला जौसीको २५, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौँ किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो ।
ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा २ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले जानकारी दिए ।

असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी छ भने दाना एउटा पनि छैन ।

बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : २० बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि