चौध वर्षकी गौरीलाई देखेर फिदा भएका थिए किङ खान | Khabarhub Khabarhub

चौध वर्षकी गौरीलाई देखेर फिदा भएका थिए किङ खान


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका बादशाह मानिने शाहरुख खानको जति बलिउडमा राज गर्ने चाहना थियो, उति चाहना गौरी खानलाई पाउनेको पनि थियो । शाहरुखले यी दुवैलाई पाउनका लागि कुनै कसर बाँकी राखेनन् । अझ शाहरुखले प्रेम पाउनका लागि त निकै पापड पेल्नुपरेको थियो ।

आज शाहरुख खान र गौरी खानको जोडी बलिउडमा उत्तिकै लोकप्रिय जोडी मानिन्छ ।

शाहरुख खानले जब पहिलोपटक गौरी खानको देखे, त्यतिबेला गौरी जम्मा १४ वर्षकी इिन् । त्यतिबेला नै शाहरुखले गौरीलाई मन पराउन थाले । तर, गौरीका सामुन्ने शाहरुखले आफ्नो प्रेम दर्शाउने हिम्मत गर्न सकेनन् । उनलाई यसो भन्न लाज लाग्थ्यो । शाहरुखले ३ पटक गौरीसँग मिलेपछि फोन नम्बर मागेका थिए ।

कस्तो थियो शाहरुख र गौरीको पहिलो डेट?

दुवैको पहिलो डेट सन् १९८४ मा डेट गरेका थिए । यी दुवैले पहिलो डेट पुलको छेउमा गरेका थिए । दुवै निकै नर्भस पनि थिए । दुवैले कोला खाइरहेका थिए । यी दुवैको पहिलो डेट मुस्किलले ५ मिनेटसम्म भएको थियो ।

जेएनयु क्याम्पसमा मिलेका थिए शाहरुख र गौरी

पहिलो डेटपछि यी दुईको भेटघाट हुन थाल्यो । कहिलेकाहीँ यी दुई पार्टीमा पनि भेट्ने गर्थे । तर, धेरैजसो शाहरुख र गौरी दिल्लीको जेएनयु क्याम्पसमा भेट्ने गर्थे । कमैलाई मात्र थाहा छ, बाजीगर फिल्मका लागि शाहरुखको भूमिकाको आउटफिट गौरी खानले नै डिजाइन गरेकी थिइन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : ०८ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको