बालबालिकाको झगडालाई लिएर मुस्लिम–मुस्लिमबीच नै झडप, १६ जना घाइते « Khabarhub

बालबालिकाको झगडालाई लिएर मुस्लिम–मुस्लिमबीच नै झडप, १६ जना घाइते


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको सिरहा नगरपालिका–१२ सारश्वरमा मुस्लिम–मुस्लिम समुदायका व्यक्तिबीच झडप हुँदा करिब १६ जना घाइते भएका छन् ।

केही बालकबालिकाबीच भएको झगडाको विषयमा विवाद बढ्दै गएपछि मैन र नटवा टोलका व्यक्तिबीच झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निरीक्षक (इन्सपेक्टर) राम सनदारका अनुसार बुधबार भएको झडपमा करिब १६ जना घाइते भएका थिए ।

घाइतेहरुको उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेहरु फुटन कुजरा, मोहम्मद तसमिम राइन, महोम्म समसेर राइन, कैउम मियाँ, मोहम्मद मुस्तुफा मिया, मोहम्म मेहवुल मियाँ, मोहम्मद मदिना खातुन, फइम राइन, महिमूल खातुनलाई विराटनगर रेफर गरिएको थियो ।

यस्तै, घाइतेहरु जरिना खातुन, अब्दुल कादिर, जैतुन खातुन, साहिद मियाँ, अब्दुल रहमान राइन, मोक्तार राइनको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांश उपचार पछि घर फर्कि सकेका छन् ।

प्रहरीले झडपपछि केही जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकाहरुको बयानअनुसार केही बालकबीच भएको झगडाको विषयले उग्र रुप लिँदा समुदायका व्यक्ति नै झडपमा उत्रिएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १ : २८ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि