मेस्सीको ह्याट्रिकमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो « Khabarhub

मेस्सीको ह्याट्रिकमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

मेस्सीले एक गोल पेनाल्टीमा र फ्रिकिकमार्फत दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए । पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि पुग्यो ।

सर्जियो बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ४५ बजे

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा