भृकुटीमण्डपमा हुने बैंकिङ एक्स्पोको तयारी पूरा « Khabarhub

भृकुटीमण्डपमा हुने बैंकिङ एक्स्पोको तयारी पूरा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आगामी मंसिर १ र २ गते काठमाडौँको भृकुटीमण्डपमा हुने बैंकिङ एक्स्पोको तयारी पूरा भएको छ ।

नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बीमा समितिसँगको सहकार्यमा आयोजना हुन लागेको बैंकिङ एक्स्पोको तयारी पूरा भएको हो ।

एक्स्पोमा बैंकिङ, बीमा र पुँजीबजार सम्बन्धी प्रदर्शनी हुने आयोजकले जानकारी दिएको हो ।  एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन एवम् उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गरिनेछ ।

कार्यक्रमलाई नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान), नेपाल बैंकर्स संघ, डेभलपमेज्न्ट बैंकर्स एशोसियसन, वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स संघले पनि साथ दिएका छन् ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोवगार कोषले पनि सूचनामूलक स्टलहरु राख्नेछन् ।

त्यस्तै वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स कम्पनीहरु सेयरबजार सम्बन्धी क्यापिटल तथा अन्य कम्पनीहरु, रेमिट्यान्स एवं डिजिटल वालेट कम्पनीहरु लगायतका सूचनामूलक स्टलहरु संचालन हुनेछन् ।

काठमाडौँमा तेस्रो पटक बैंकिङ एक्स्पो हुन लागेको हो ।  बैंकिङ पहुँच बढाउने, हुण्डीलाई निरुत्साहन गरी रेमिट्यान्सलाई प्रोत्साहन गर्ने र बैंकिङ कर्जाबाट उद्यमशीलता बढाउने अभियानलाई सफल बनाउन एक्स्पोले सहयोग गर्ने आयोजकको दाबी छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले आर्थिक वृद्धिसँगै जोखिम पनि जोडिने भएकाले बीमाका आवश्यकता बढ्दै जाने भएकाले बीमा बारे सबैलाई जानकारी गराउन एक्स्पो सफल हुने विश्वास लिए ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकका साथै बैंकिङसँग सम्बन्धित रेमिट्यान्स, प्रविधि, कर्जा लगायतका विषयमा जनचेतना अभिवृद्धि गरी वास्तविक रुपमा बैंकिङ सेवाको पहुँच विस्तार गर्न बैंकिङ एक्स्पो सहयोगीसिद्ध हुने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : २२ बजे

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख

अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान

काठमाडौँ– इरान र अमेरिकाबीच जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा– झापाको मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन– चितवन मेडिकल कलेज (सीएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी