बैंकले मन पराउँछन् यस्ता कर्मचारी  « Khabarhub

बैंकले मन पराउँछन् यस्ता कर्मचारी 


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया पैसा बचत गर्ने अर्थात्रा जम्मा गर्ने ठाउँलाई बैंक भनेर बुझिन्छ । पैसाको व्यवस्थित कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा जागीर खान धेरै कुरामा सक्षम हुनुपर्छ ।

क, ख, ग र घ गरी नेपालमा चार वर्गका बैंकहरु संचालनमा छन्, जसका आआफ्नै काम, कर्तव्य र अधिकार छन् । संस्थाको काम, कर्तव्य र अधिकारभित्र रहेर त्यहाँका कर्मचारीहरुले काम गर्नुपर्ने हुन्छ ।

पद र पदीय जिम्मेवारीअनुसार कर्मचारीले आफ्नो कार्यभार सम्हाल्नुपर्छ । कुनै पनि वित्तीय संस्थामा उत्कृष्ट कर्मचारी बन्नका यी कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सिकाइ क्षमताको विकास

विकसित पथमा लम्किएको नेपालको बैंकिङ प्रणालीमा कर्मचारी पनि दक्ष र कामप्रति रुचीकर हुनु जरुरी छ । नयाँ तौर तरिकाहरुलाई चाँडो भन्दा चाँडो सिक्ने क्षमता उसमा उनु जरुरी रहन्छ । प्रविधिमा भएको विकाससँग उनीहरु परिचित हुनु जरुरी रहन्छ । हरेक कुराको जिम्मेवारी सम्हाल्न सक्ने व्यक्ति हुनुपर्छ ।

अनुशासित

वित्तीय क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा अनुशासन महत्वपूर्ण कुरा हो । हरेक कर्मचारी अनुशासित हुनुपर्छ । अझ वित्तीय क्षेत्रमा पैसाकै कारोबार हुने हुँदा कर्मचारीले बढी चनाखो रहनुपर्ने हुन्छ ।  वित्तीय अनुशासन भएका कर्मचारीहरु मात्रै बैंकमा टिक्न सक्छन् ।

वित्तीय ज्ञान

कुनै पनि क्षेत्रमा कार्यदक्षता प्रदर्शन गर्न सम्बन्धित क्षेत्रको ज्ञान पहिलो कुरा हो । वित्तीय संस्थामै काम गर्ने भएपछि वित्तीय क्षेत्रको ज्ञान अवश्य आवश्यक पर्छ । आफ्नो पदीय जिम्मेवारीलाई आत्मसाथ गर्दै उक्त क्षेत्रमा ज्ञान हासिल गरेको हुनुपर्छ । कम्तीमा कसैले बुझ्न चाहेमा बुझाउन सक्ने क्षमता कर्मचारीले राख्न सक्नुपर्छ ।

मृदुभाषी र सरल व्यवहार

बैंक तथा वित्तीय संस्थामा सेवा लिन धेरै प्रकारका मानिसहरु आउँछन् । कहिलेकाहीँ कामको लोेड ज्यादा हुँदा दिक्क पनि लागिरहेको हुन सक्छ । यस्तो अवस्थामा पनि नम्र भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने हुनुपर्छ । पढेलेखेकहरुले त आफैँ पनि प्रक्रियाहरु बुझेका हुन सक्छन् । तर, कोही निरक्षर एवम् बैंकिङ प्रक्रियाका विषयमा नबुझेका ग्राहकहरुलाई पनि धैर्यताका साथ बुझाएर सेवा दिन सक्ने हुनुपर्छ । मानिसहरुको बोलीबाट नै  उसको कार्यक्षमता झल्किरहेको हुन्छ ।

तार्किक र निर्णयात्मक क्षमता

आफूले पाएको जिम्मेवारीका क्रममा कुनै निर्णय लिनुपर्ने भएमा तुरुन्तै र सही निर्णय लिने क्षमता राख्न सक्नुपर्छ । सम्बन्धित विषयमा तार्किक क्षमता राख्न सक्नुपर्छ । सबैले सबैकुरा बुझेका हुँदैनन् । उनीहरुलाई बुझाउन यो जरुरी देखिन्छ ।

समयको महत्व बुझ्ने

विकसित देशका मानिसहरु एवम् धनाढ्यहरु समय नै पैसा हो भन्ने हिसाबले चल्छन् । वित्तीय क्षेत्रका कर्मचारीले पनि यही सोच राख्नुपर्छ । समयमा नै कार्यालयमा हाजिर हुने, समयमा नै कार्य सम्पन्न गर्ने गर्नुपर्छ ।

प्राविधिक ज्ञान

अहिलेको समयमा प्रविधिको महत्व निकै बढिसकेको छ । प्रविधिको प्रयोग गर्न नजान्नेहरुका लागि जागीर पाउन नै गाह्रो भइसकेको छ । त्यसमाथि, दिनदिनै नयाँ नयाँ प्रविधिहरु भित्रिइरहेका छन् । नयाँ नयाँ प्रविधिहरु भित्रिरहको वित्तीय क्षेत्रमा उत्कृष्ट कर्मचारीको पहिचान बनाउनका लागि प्रविधिको प्रयोगमा दखलता हुनुपर्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ५५ बजे

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको