बैंकले मन पराउँछन् यस्ता कर्मचारी  | Khabarhub Khabarhub

बैंकले मन पराउँछन् यस्ता कर्मचारी 


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया पैसा बचत गर्ने अर्थात्रा जम्मा गर्ने ठाउँलाई बैंक भनेर बुझिन्छ । पैसाको व्यवस्थित कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा जागीर खान धेरै कुरामा सक्षम हुनुपर्छ ।

क, ख, ग र घ गरी नेपालमा चार वर्गका बैंकहरु संचालनमा छन्, जसका आआफ्नै काम, कर्तव्य र अधिकार छन् । संस्थाको काम, कर्तव्य र अधिकारभित्र रहेर त्यहाँका कर्मचारीहरुले काम गर्नुपर्ने हुन्छ ।

पद र पदीय जिम्मेवारीअनुसार कर्मचारीले आफ्नो कार्यभार सम्हाल्नुपर्छ । कुनै पनि वित्तीय संस्थामा उत्कृष्ट कर्मचारी बन्नका यी कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सिकाइ क्षमताको विकास

विकसित पथमा लम्किएको नेपालको बैंकिङ प्रणालीमा कर्मचारी पनि दक्ष र कामप्रति रुचीकर हुनु जरुरी छ । नयाँ तौर तरिकाहरुलाई चाँडो भन्दा चाँडो सिक्ने क्षमता उसमा उनु जरुरी रहन्छ । प्रविधिमा भएको विकाससँग उनीहरु परिचित हुनु जरुरी रहन्छ । हरेक कुराको जिम्मेवारी सम्हाल्न सक्ने व्यक्ति हुनुपर्छ ।

अनुशासित

वित्तीय क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा अनुशासन महत्वपूर्ण कुरा हो । हरेक कर्मचारी अनुशासित हुनुपर्छ । अझ वित्तीय क्षेत्रमा पैसाकै कारोबार हुने हुँदा कर्मचारीले बढी चनाखो रहनुपर्ने हुन्छ ।  वित्तीय अनुशासन भएका कर्मचारीहरु मात्रै बैंकमा टिक्न सक्छन् ।

वित्तीय ज्ञान

कुनै पनि क्षेत्रमा कार्यदक्षता प्रदर्शन गर्न सम्बन्धित क्षेत्रको ज्ञान पहिलो कुरा हो । वित्तीय संस्थामै काम गर्ने भएपछि वित्तीय क्षेत्रको ज्ञान अवश्य आवश्यक पर्छ । आफ्नो पदीय जिम्मेवारीलाई आत्मसाथ गर्दै उक्त क्षेत्रमा ज्ञान हासिल गरेको हुनुपर्छ । कम्तीमा कसैले बुझ्न चाहेमा बुझाउन सक्ने क्षमता कर्मचारीले राख्न सक्नुपर्छ ।

मृदुभाषी र सरल व्यवहार

बैंक तथा वित्तीय संस्थामा सेवा लिन धेरै प्रकारका मानिसहरु आउँछन् । कहिलेकाहीँ कामको लोेड ज्यादा हुँदा दिक्क पनि लागिरहेको हुन सक्छ । यस्तो अवस्थामा पनि नम्र भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने हुनुपर्छ । पढेलेखेकहरुले त आफैँ पनि प्रक्रियाहरु बुझेका हुन सक्छन् । तर, कोही निरक्षर एवम् बैंकिङ प्रक्रियाका विषयमा नबुझेका ग्राहकहरुलाई पनि धैर्यताका साथ बुझाएर सेवा दिन सक्ने हुनुपर्छ । मानिसहरुको बोलीबाट नै  उसको कार्यक्षमता झल्किरहेको हुन्छ ।

तार्किक र निर्णयात्मक क्षमता

आफूले पाएको जिम्मेवारीका क्रममा कुनै निर्णय लिनुपर्ने भएमा तुरुन्तै र सही निर्णय लिने क्षमता राख्न सक्नुपर्छ । सम्बन्धित विषयमा तार्किक क्षमता राख्न सक्नुपर्छ । सबैले सबैकुरा बुझेका हुँदैनन् । उनीहरुलाई बुझाउन यो जरुरी देखिन्छ ।

समयको महत्व बुझ्ने

विकसित देशका मानिसहरु एवम् धनाढ्यहरु समय नै पैसा हो भन्ने हिसाबले चल्छन् । वित्तीय क्षेत्रका कर्मचारीले पनि यही सोच राख्नुपर्छ । समयमा नै कार्यालयमा हाजिर हुने, समयमा नै कार्य सम्पन्न गर्ने गर्नुपर्छ ।

प्राविधिक ज्ञान

अहिलेको समयमा प्रविधिको महत्व निकै बढिसकेको छ । प्रविधिको प्रयोग गर्न नजान्नेहरुका लागि जागीर पाउन नै गाह्रो भइसकेको छ । त्यसमाथि, दिनदिनै नयाँ नयाँ प्रविधिहरु भित्रिइरहेका छन् । नयाँ नयाँ प्रविधिहरु भित्रिरहको वित्तीय क्षेत्रमा उत्कृष्ट कर्मचारीको पहिचान बनाउनका लागि प्रविधिको प्रयोगमा दखलता हुनुपर्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ५५ बजे

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा