सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन शुरु « Khabarhub

सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन शुरु


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन शुरु भएको हो ।

स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट ९ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए ।

यसबाहेक सङ्घीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराएका थियो ।

२०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।

२२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पुर्‍याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुङ्गाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् ।

जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको केन्द्रका जीविकोपार्जन विज्ञ सुवास कुँवरले बताए ।

स्थानीय ताराखोलाको पानी दुई किलोमिटर कुलो हुँदै ११८ मिटर अग्लो पेनस्टक पाइपमार्फत टर्वाइनमा पुर्‍याइएको छ । दुई टर्वाइनमा प्रतिसेकेन्ड ४२३ लिटर पानी प्रवाह गरी विद्युत् उत्पादन गरिएको केन्द्रका प्राविधिक राजन आचार्यले जानकारी दिए ।

आयोजनाको लक्षित क्षेत्रमध्येमा केही क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको छ । आयोजनाबाट उत्पादन हुने सबै विद्युत् स्थानीयस्तरमा खपत नहुने अवस्थामा सो आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडने गरी स्विच यार्ड बनिरहेको बताए ।

धसामुदायिक स्वामित्वको मोडेलमा बनेको प्रवद्र्धक ताराखोला जलविद्युत् लिमिटेडमा स्थानीय १६ सय जना सेयर सदस्य रहेका छन् । आयोजना निर्माणका लागि सेयर स्वामित्वका साथै अन्य लगानी पनि सेयर सदस्यले नै जुटाएका हुन् ।

साना जलविद्युत् आयोजनाका रूपमा दोलखाको हलुवा खोलामा चार सय किलोवाट क्षमताको साना जलविद्युत् यसअघि नै बनिसकेको छ तर सो आयोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को अनुदानमा बनेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ०९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी