नाबालक छोरा छोडेर ठगी धन्दामा : ‘डिपेन्डेन्ट भिसा’मा अमेरिकाको सपना देखाउँदै ठगी « Khabarhub

नाबालक छोरा छोडेर ठगी धन्दामा : ‘डिपेन्डेन्ट भिसा’मा अमेरिकाको सपना देखाउँदै ठगी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोफी शाहीले दर्जन बढी युवाहरुलाई अमेरिकाको सपना देखाएर ठगी धन्दा नै चलाएको रहस्य खुलेको छ ।

उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मा छद्म नामको आइडी बनाएर युवाहरुसँग नजिक हुने र उनीहरुलाई अमेरिकाको सपना देखाएर ठगी  गर्ने गरेको रहस्य खुलेको हो ।

दर्जनौं युवालाई ठगेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत बौद्धको टोलीले पक्राउ गरेको छ।

दैलेख बाङ्खकोट नगरपालिका स्थायी घर भएकी शाहीलाई बौद्धबाट पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । उनलाई गत शुक्रवार पक्राउ गरिएको हो ।

सोफीले ‘सोफीया तामाङ’ को नामबाट फेसवुक आइडी बनाइ युवाहरुलाई अमेरिकाको सपना बाँड्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एमबीबीएस पढ्दै गरेको बताउने सोफीले आफ्नी आमा पेम्बा शेर्पा अमेरिकामा भएको भन्दै युवाहरुलाई चङ्गुलमा पार्ने गर्थिन् ।

उनी आफैले ‘पेम्बा शेर्पा’ नामको आईडीबाट मेसेज गरेर अमेरिका सपना देख्नेहरुलाई ‘डिपेन्डेन्ट भिसामा आउन मिल्छ विवाह गरेर आउनु’ भनेको रिप्लाई गरेको मेसेजको स्क्रिन शट काटेर अमेरिका जान चाहनेहरुलाई पठाउने गरेको खुलासा भएको हो ।

उनले ‘सँगै अमेरिका जाऔं’ भन्दै पटक–पटक नक्कली विवाह समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोफीले ०७४ मा सिन्धुपाल्चोकको हेलम्बुका एकजनासँग  विवाह गरेकी थिइन् । सोफीबाट उनको एउटा छोरा पनि जन्मिसकेको छ ।

सोफीले सिन्धुपाल्चोककै इन्द्रावती घर भएका अर्कैसँग पनि  दोस्रो विवाह गरिन् । पहिलो श्रीमानबाट जन्मेको छोरालाई उनले काठमाडौंमा रहेको डेरामा छाडेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा बच्चा समेत छाडेर उनी ठगी धन्दामा लागेको  खुलेको हो । पहिलो श्रीमानबाट जन्मेको उनको छोरा १ वर्षको रहेको जनाइएको छ ।

सोफीबाट ठगिएका चार जनाले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जाहेरी दिनेहरुले कसैले २ लाख, कसैले १ लाख नगर र सुनका गरगहनासमेत लुटिएको जनाएका छन् ।

पछिल्लो समय सोफीले दोस्रो श्रीमान् र बच्चा पनि छाडेर  नयाँ बस्तिमा बसेर ठगी धन्दा चलाइरहेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ०१ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका