क्यान्सर नियन्त्रणमा ब्रोकाउली किफायती  « Khabarhub

क्यान्सर नियन्त्रणमा ब्रोकाउली किफायती 


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रोकाउली सामान्यतया तरकारीका रुपमा हामीले प्रयोग गर्दै आएका छौं । यसमा प्रशस्त मात्रामा भिटामिन ‘के’ र ‘सी’ पाइन्छ । यसले क्यान्सर जस्तो खतरनाक रोग नियन्त्रणमा समेत ठूलो भूमिका निभाउने चिकित्सकहरु बताउँछन् ।

ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ। यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्त्व उत्पादनमा सहयोग गर्छ। यसका कारण चोटपटक निको हुन सहयोग पुग्छ।

यसमा हुने ‘बायो एक्टिभ कम्पाउण्ड’ले संक्रमणलाई रोक्न सहयोग गर्छ। यस्तै घाउ सुन्निनबाट राेक्न तथा संक्रमण हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

यसमा भएकाे बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले प्रभावकारी काम गर्छ। ब्रोकाउलीले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सर र प्रोस्टेट क्यान्सर रोक्न मद्दत पुर्‍याउँछ ।

ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण राख्न पनि सहयोग गर्छ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त मानिन्छ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ०८ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको