फ्रेन्च फिल्ममेकर फारिद, जो जुट्दैछन् नेपालको पर्यटन प्रवर्द्धनमा | Khabarhub Khabarhub

फ्रेन्च फिल्ममेकर फारिद, जो जुट्दैछन् नेपालको पर्यटन प्रवर्द्धनमा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फारिद डिएमएस देवाका थुप्रै परिचय छन् । एक फ्रान्सेलीका साथ उनी अल्जेरियन नागरिक पनि हुन् । राजनीतिज्ञका अलावा उनी एक फिल्म निर्माता, निर्देशक र फोटोग्राफर पनि हुन् । यद्यपि उनी आफू फिल्ममेकरका रुपमा चिनिन चाहन्छन् ।

‘मैले यो क्षेत्रमा काम गरेको २० वर्ष भइसक्यो,’ मुस्कानका साथ फारिद भन्छन्, ‘मेरो प्राथमिकता फिल्म मेकिङ नै हो ।’

बहुप्रतिभाशाली व्यक्तित्वका धनी फारिदले १० वर्षकै उमेरमा बुबाको क्यामराबाट लघु चलचित्र निर्माण गरेका थिए । हाल ४३ वर्ष पुगिसकेका फारिद भन्छन्, ‘यो फिल्म मेरो परिवारका बारेमा थियो ।’

फारिद सन् १९७६ मा पेरिसमा जन्मेका थिए । पछि अल्जेरियाको ग्रामीण शहरमा रहँदा सांगीतिक दुनियाँमा छिरेका थिए । यसका साथै उनी आफ्ना ठूला दाइ यासिनसँग मिलेर स्थानीय सरंक्षणकर्ताको भूमिका समेत निभाएका थिए ।

खबरहबसँगको कुराकानीमा उनले सम्झे, ‘१६ वर्षको हुँदा एक लेख स्थानीय पत्रिकामा प्रकाशन भएको थियो ।’

पन्ध्र वर्षकै उमेरमा उनी फिल्ममा निर्देशकीय डेब्यु गरेका थिए ।

‘मैले आफ्नो पहिलो फिल्म भेनिट मोर्टेल (घातक विषादी) को निर्देशन गरेको थिएँ, त्यतिबेला म २० वर्ष पनि पुगेको थिएन,’ उनी दाबी गर्छन् ।

त्यतिबेला उक्त फिल्मले निकै लोकप्रियता हासिल गरेको थियो । अहिले उक्त फिल्मकी अभिनेत्री एलोदी नभरे फ्रान्सकी लोकप्रिय अभिनेत्री बनिसकेकी छिन् ।

केही हप्ताअघि सम्पन्न भएको ‘नेपाल अफ्रिका फिल्म महोत्सव’ मा भाग लिन काठमाडौं आएका फारिदले नेपाल, फ्रान्स र अल्जेरियाका व्यक्तिसँग सम्पर्क गर्नेमा आफ्नो ध्यान केन्द्रित गरेको बताउँछन् ।

‘म फ्रान्स र अल्जेरियााबीच दुई अलग–अलग भाषा र संस्कृतिबीचको सेतुको भूमिका निभाइरहेको छु, नेपालको भिन्दै संस्कृति र भाषा पनि मेरो सूचीमा थपिएको छ,’ फारिद मुस्कुराउँछन् ।

फेस्टिभलमार्फत नेपालमा आउन पाउनु फारिदका लागि पहिलो मौका थियो, उनी नेपालको पनि प्रवद्र्धन गर्ने बताउँछन् । भन्छन्, ‘मैले नेपाल, फ्रान्स र अल्जेरियालाई आफ्नो मन दिन चाहन्छु ।’

उनी कारण बताउँदै अगाडि थप्छन्, ‘नेपालसँग हिमालय छ, ट्रेकिङ सम्भाव्यता र आध्यात्मिकता पनि छ, म नेपाली जनताले देखाएको आतिथ्यता र मुस्कानबाट प्रभावित छु ।’

उनी नेपालीलाई ‘पिपल विथ गुड हर्टस्’ भन्दै अल्जेरियन जनतासँग तुलना गर्छन् ।

‘नेपालले आफ्नो साधन, संस्कृति र सम्पत्तिलाई बढावा दिन जरुरी छ, किनकि सबै पर्यटक यहाँ घुम्न आएका छैनन्, प्रचार जरुरी छ,’ उनी भन्छन् ।

उनलाई हालै काठमाडौंमा नेपाल फ्रेण्डशिप सोसाइटीले सम्मान पनि गरेको थियो । यसै सन्दर्भमा फारिद भन्छन्, ‘यसले मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई प्रवर्धन गर्न थप जिम्मेवारी दिलाएको छ ।’

फारिद आगामी वर्ष पेरिसमा एक फोटो प्रदर्शनी गर्ने योजनामा छन् । फोटो प्रदर्शनीमा उनले ‘पर्यटन वर्ष २०२०’ को समेत प्रचार गर्ने बताउँछन् । यसका लागि उनले नेपालका विभिन्न पर्यटकीय स्थलका भ्रमण गर्दै तस्वीर लिइरहेका छन् ।

‘यो मेरो सानो प्रयासले पनि ठूलो फरक पार्न सक्छ,’ उनी भन्छन् ।

फारिद फिल्म फेस्टिभलका अवसरमा हेरेका नेपाली चलचित्रको तारिफ गर्दै आफू ‘रोमान्चक’ भएको बताउँछन् ।

निर्माता र निर्देशकका रुपमा फारिदले झण्डै २० फिल्म निर्माण गरिसकेका छन् । उनले निर्माण गरेको ३५ मिनेट लामो फिल्म ‘मोरक्को स्याक्रीफाइस इनोसेन्स’ आर्मेनियामा सम्मानित समेत भएको थियो ।

फारिद यतिबेला एक महत्वाकांक्षी वृत्तचित्र शृङ्खला परियोजना निर्माण कार्यमा व्यस्त छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : १० बजे

यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने