१५ वर्षपछि पक्राउ परे चरेश तस्करी गर्ने वडाध्यक्ष ! « Khabarhub

१५ वर्षपछि पक्राउ परे चरेश तस्करी गर्ने वडाध्यक्ष !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष राम बहादुर तामाङ पक्राउ परेका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङ लागू औषध (चरेश) मुद्दामा फरार थिए ।

तामाङ २४ असोज २०५९ मा काठमाडौंको ठमेलबाट ७ किलो चरेशसहित पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध लागू औषध (चरेश) ओसारपोसार र कारोबारको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

२७ जेठ २०७१ मा काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध ३ वर्ष कैद र २५ हजार जरिवानाको सजाय सुनाएको थियो ।

मुद्दाको अनुसन्धानका लागि ३ महिना ७ दिन थुनामा रहेका तामाङ अदालतको फैसलापछि भने फरार रहेका थिए ।

अनुसन्धानका लागि थुनामा रहेको बाहेक अदालतले तोकेको मध्ये तामाङले २ वर्ष ८ महिना २३ दिन कैद भुक्तान गर्न बाँकी थियो ।

अदालतले तोकेको सजाय भुक्तान नगरी फरार अभियुक्तका रुपमा रहेका तामाङ २०७४ सालको (स्थानीय तह) निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा म्यागङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

फौजदारी कसुरमा दोषी ठहर भइ अदालतले तोकेको सजाय समेत भुक्तान नगरी फरार भएका तामाङ १५ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा तामाङलाई आइतबार पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका तामाङलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : ०१ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी