१०८ मेगापिक्सलको क्यामेरा जडित मोबाइलको तस्बिर कस्तो होला ? « Khabarhub

१०८ मेगापिक्सलको क्यामेरा जडित मोबाइलको तस्बिर कस्तो होला ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको मोबाइल कम्पनी शाउमीले १०८ मेगापिक्सलको क्यामराजडित मोबाइल फोन ल्याएको छ ।

कम्पनीले यो फिचरले अत्यधिक मात्रामा स्पष्ट तस्बिर कैद गर्न सक्ने क्षमता राख्ने दावी गरेको छ ।

यो हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसुङले विकास गरेको भए पनि उसकै आफ्नो उत्पादनमा भने यो फिचर प्रयोगमा ल्याएको छैन ।

शाउमीले ल्याएको हाइरिजोल्युसन फिचरका कारण उक्त फोनबाट खिचिएका तस्बिरमा कम रिजोल्युसन भएका फोनभन्दा बढी डिजिटल विकृतिहरु समावेश हुने एउटा परीक्षणले देखाएको छ ।

एमआइसीसी ९ प्रो प्रिमियम नाम गरेको उक्त फोन हालका लागि भने चिनियाँ बजारमा मात्रै उपलब्ध छ । तर शाउमीले उक्त प्रविधि एमआइ नोट १० मा समावेश गरिएको छ ।

अनुसन्धान गर्ने कम्पनी क्यानलिजका अनुसार शाउमी हाल विक्रीका हिसाबले विश्वकै चौथो ठूलो स्मार्टफोन उत्पादक हो ।

युरोपमा उक्त फोनको विक्री तीव्र रूपमा फैलिँदैछ र सन् २०२० मा जापानमा समेत बजार विस्तार गर्ने कम्पनीले घोषणा गरिसकेको छ ।

हालसम्म १०० मेगापिक्सलभन्दा बढीको सेन्सर मध्यम स्तरका डिजिटल क्यामेरामा प्रयोग गरिन्थ्यो जसको मूल्य हजारौँ पाउन्ड पर्न सक्छ ।

गुणस्तर राम्रो हुने भए पनि उक्त १०८ मेगा पिक्सेल सेन्सरद्वारा खिचिएको तस्बिरले फोनको स्टोरेजमा प्रभाव पार्नेछ ।

त्यस्तै ती तस्बिर सम्पादन गर्न बढी शक्ति लाग्नेछ । तर उक्त फोनमा कम रिजोल्युसनमा तस्बिर खिच्न सकिने विकल्प पनि राखिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : ०८ बजे

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ

पहिरोमा परेर दुई जनाको मृत्यु

मान्म– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको

झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील