महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ « Khabarhub

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय सरोज कार्की छन् ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जावरुल हकले पीडित महिलाको अश्लील भिडियो र तस्बिर दुरुपयोग गर्दै अनुचित लाभ लिन बारम्बार दबाब दिएका थिए । 

उद्देश्य पूरा नभएपछि उनले ती सामग्री टिकटकमा सार्वजनिक गरी महिलाको चरित्रहत्या गर्ने प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  प्रहरीले जनाएको छ ।

त्यस्तै, सरोज कार्कीले अध्ययनका क्रममा चिनजान भएकी प्रेमिकासँग सम्बन्ध विच्छेद भएपछि पीडितकै फेसबुक खाताबाट अश्लील सामग्री पोस्ट गरी चरित्रहत्या गर्ने, दुःख–हैरानी दिने र मानसिक तनाव सिर्जना गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको गोपनीयता, प्रतिष्ठा वा चरित्रमा आघात पुर्‍याउने कार्य कानुनबमोजिम दण्डनीय अपराध भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : २४ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७