मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे « Khabarhub

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा आज संसदीय मामिला विषयमा कलम चलाउने पत्रकारहरूसँगको छलफलमा उनले मुलुकलाई केन्द्रमा राखेर सत्तापक्षलाई पनि संसद् र जनताप्रति उत्तरदायी बनाउनेमा सकारात्मक भूमिका निर्वाह गर्ने बताए । 

संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन पनि सबै प्रतिपक्षी दललाई समेटेर कांग्रेस अघि बढ्ने नेता आङ्देम्बेको भनाइ छ । 

‘प्रमुख प्रतिपक्षी दलका नाताले सबै विपक्षीलाई समेटेर विमति राख्दै संसद्मा दैनिक कार्यसूची अघि बढाउन पनि सहयोग गरिएको छ । संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौँ, सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौँ,’ उनले भने । 

कांग्रेस प्रमुख सचेतक वासना थापाले संसद्को प्रभावकारिताका लागि दलले यस्ता छलफललाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । 
 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ४ : ३७ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र