अदालतसमक्ष रुप ज्योतिले भने- मलाई सुनियोजित रुपमा फसाउन खोजियो « Khabarhub

अदालतसमक्ष रुप ज्योतिले भने- मलाई सुनियोजित रुपमा फसाउन खोजियो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी आरोपमा पक्राउ परेको व्यवसायी रुप ज्योतिलाई जिल्ला अदालत काठमाडौँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएका उनलाई ५ दिनको समय थपरे अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले अदालतसमक्ष आइतबार आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गर्दे आफू र आफ्नो परिवारलाई सुनियोजित रुपमा फसाउन खोजिएको दाबी गरे ।

जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालसामू उनले आफ्नो दोष के हो भनेर प्रश्न गरेका थिए । उनलाई प्रहरी थुनामा राख्ने समय थप्ने नथप्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौंमा भएको वहसमा ज्योतिले यस्तो प्रश्न गरेका हुन् ।

‘मैले जुन रकम तिर्नुपर्छ भन्ने दाबी गरेर जाहेरी दिएको छ, त्यो रकम तिर्न पाउँ भनेर मैले नै यही सम्मानित जिल्ला अदालतमा कोर्ट फि तिरेर रकम जम्मा गरिसकेको छु, अरु दोष केही भए त्यो मलाई जानकारी गराइएको छैन, पैसा तिर्न पाउँ भनेर अदालतमा रकम राखेको व्यक्तिलाई त्यही रकम तिरेन भनेर किन जेलमा राख्नुपर्यो,’ डा. ज्योतिले प्रश्न गरेका थिए ।

डा. ज्योतिमाथि काठमाडौंका बृजेशकृष्ण मल्लले आफूलाई १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीले गत कार्तिक २१ उनी र उनकी छोरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । यसअघि प्रहरीले उनीमाथि अनुसन्धान गर्न भन्दै ३ दिन म्याद लिइसकेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : २५ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन