मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री « Khabarhub

मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने पुष्टि गरेका छन् । सुनसरीको इटहरीमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका हुन् ।

पदीय हैसियतका कारण पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था रहे पनि आफू र हुनेवाला श्रीमती दुवैको चाहनाअनुसार सामान्य नागरिकको जस्तै सादगीपूर्ण विवाह गर्न लागेको उनले स्पष्ट पारे । आधुनिकताको नाममा आफ्नो मौलिकता बिर्सेर महँगो र भड्किलो विवाह गर्ने प्रवृत्तिको विरोध गर्दै गृहमन्त्री गुरुङले ऋण काढेर तामझाम गर्नु गलत भएको बताए ।

विवाह केवल श्रीमान्–श्रीमती र परिवारको खुसीका लागि हुनुपर्ने उनको धारणा छ। यसै कारण उनले विवाहमा अत्यन्तै सीमित व्यक्तिहरूलाई मात्र निमन्त्रणा गर्ने जानकारी दिए । सो समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा सरकारका केही प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

पुर्खाको इतिहास, जातीय पहिचान र मौलिक भेषभूषा जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले विवाहका लागि गोरखा रोजेको उनको भनाइ छ । साथै, आफ्नो यो कदमले स्थानीय होमस्टे, कला–संस्कृति र हिमाली पर्यटनको प्रवर्द्धन भई गोरखाको उक्त क्षेत्र भविष्यमा एक आकर्षक ‘वेडिङ डेस्टिनेसन’ का रूपमा विकास हुने विश्वास पनि उनले व्यक्त गरे ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ४ : २२ बजे

मंसिर १७ गते गोरखामा गुरुङ परम्पराअनुसार विवाह गर्दैछु : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने

‘स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको छ’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र

एकै रात रूसमा १,२४६ ड्रोन खसालिएको दाबी

एजेन्सी-  रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका

बेलबारीमा पुस ४ देखि अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

बेलबारी – मोरङको बेलबारीमा आगामी पुस ४ देखि १० गतेसम्म ‘नवौँ

केन्यामा येशूलाई भेटाउने लोभ देखाएर अनुयायीको हत्या गरेको आरोपमा पास्टरसहित ३० जना दोषी ठहर

नैरोबी- येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान