पार्टी एकताका बाँकी काम टुंग्याउन सोमबार नेकपाको सचिवालय बैठक « Khabarhub

पार्टी एकताका बाँकी काम टुंग्याउन सोमबार नेकपाको सचिवालय बैठक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंग्याउन सोमबार सचिवालय बैठक बस्ने भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको स्रोतले बतायो ।

गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको विवाद र अन्य व्यस्तताका कारण हुन सकेको थिएन । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतको भनाइ छ ।

नेकपामा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुन सकेको छैन । अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन् ।

पार्टी एकताका बाँकी रहेका काम सोमबार (भोलि) बस्ने सचिवालय बैठकले टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

सोमबार बिहान ९ बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने स्रोतले बतायो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ४७ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका