पार्टी एकताका बाँकी काम टुंग्याउन सोमबार नेकपाको सचिवालय बैठक « Khabarhub

पार्टी एकताका बाँकी काम टुंग्याउन सोमबार नेकपाको सचिवालय बैठक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंग्याउन सोमबार सचिवालय बैठक बस्ने भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको स्रोतले बतायो ।

गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको विवाद र अन्य व्यस्तताका कारण हुन सकेको थिएन । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतको भनाइ छ ।

नेकपामा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुन सकेको छैन । अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन् ।

पार्टी एकताका बाँकी रहेका काम सोमबार (भोलि) बस्ने सचिवालय बैठकले टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

सोमबार बिहान ९ बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने स्रोतले बतायो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ४७ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको