सागका बारेमा आशंका राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ | Khabarhub Khabarhub

सागका बारेमा आशंका राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित मितिमा नै आयोजना हुने बताएका छन् ।

साग प्रचार प्रसार समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै प्रतियोगिता गर्ने निर्णय गरेको स्पष्ट पारे ।

तयारीका बारेमा जानकारी लिन नेपाल आएको आएको दक्षिण एशियाली ओलम्पिक कमिटी तथा सेभ दि मिसनको टोलीले साग आयोजनास्थलको निरीक्षण गरेको बताउँदै श्रेष्ठले भने, “नेपालको तयारीप्रति उनीहरु विश्वस्त भएका छन्, सरकारले उनीहरुका जिज्ञासालाई स्पष्ट पारेको छ । शतप्रतिशत साग निर्धारित मितिमा हुन्छ ।”

प्रतिनिधिसभाका सांसदसमेत रहेका श्रेष्ठले सन् १९८४ मा नेपालबाट नै साग खेलकूदको शुरुआत भएकाले पनि प्रतियोगिता नेपालीका लागि गौरव र प्रतिष्ठानको विषय भएकाले भव्यताका साथ सफल बनाउन ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दुई/तीन वटा खेलका बाहेक सबै पूर्वाधार निर्माणको कार्य सकिएको बताउँदै प्रतियोगिता अघि सबै पूर्वाधार तयार भइसक्ने उल्लेख गरे ।

दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने काम बाँकी रहेकाले चार दिनभित्रमा चीनबाट एयर काग्रो गरी छानो ल्याएर छाइने बताउँदै उनले पोखरा फुटबल रङ्गशालाका लागि आवश्यक प्यारापिटको सामान बन्दरगाहमा आइसकेकाले साग अगाडी १० हजार दर्शक क्षमताको रङ्गशाला तयार हुने स्पष्ट पारे ।

सागमा नेपाली टोलीको प्रदर्शनमा सुधार ल्याउन विदेशी प्रशिक्षक, वैदेशिक अभ्यास तथा विभिन्न मैत्रीपूर्ण खेलमा जोड दिएकाले टोलीको प्रदर्शनमा सुधार आएको बताउँदै सिलवालले प्रतियोगितामा दोस्रो बन्ने आफूहरुको तयारी रहेको उल्लेख गरे ।

सागमा कूल २८ खेल हुने जानकारी दिँदै उनले १८ वटा राजधानी, नौ वटा पोखरा तथा एउटा खेल जनकपुरमा हुने जानकारी दिए । केही देशमा प्याराग्लाइडिङ खेलाडी नभएको तथा कतिपयमा खेल सङ्घ नहुँदा प्रतियोगितामा प्याराग्लाइडिङ नहुने आशङ्का रहे पनि आफूहरुले प्रतियोगिताका सबै खेल सञ्चालनका लागि प्रयास गरिरहेको उनले बताए ।

साग पोखरा सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रतियोगिताअगावै सम्पूर्ण तयारी सकेर प्रतियोगितालाई भव्य बनाउने बताए । एशियाली ओलम्पिक कमिटीका सदस्यसहितको टोलीले पोखरामा निर्माणाधीन साग खेलकूदका पूर्वाधार तथा अभ्यासस्थलको निरीक्षणसमेत गरेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ३१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको