बिजुलीको तार सार्न ढिलाइ हुँदा सडक स्तरोन्नति स्थगित « Khabarhub

बिजुलीको तार सार्न ढिलाइ हुँदा सडक स्तरोन्नति स्थगित


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेत्रावती- स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक छेउमा रहेका विद्युत् प्रवाह गर्ने तार सार्न नसक्दा सडक स्तरोन्नतिको काम स्थगन भएको छ ।

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सञ्चालन भइरहेको अन्तरराष्ट्रिय राजमार्ग दुई लेनको कार्य चीन सरकारको सहयोगमा हुन लागेको र काम गर्न चिनियाँ ठेकेदारसमेत कार्यक्षेत्रमा आइसके पनि सडक छेउमा रहेका विद्युत् लाइन अन्यत्र सार्न ढिलाइ हुँदा राजमार्ग स्तरोन्नति गराउने काम स्थगन भइरहेको गल्छी–त्रिशूली– स्याफ्रुबेँसी –रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

दशैँ अगाडि नै टिमुरेको घट्टेखोलामा एक छलफल गरी सडक स्तरोन्नति गर्न जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले काम गर्न आई सडक विस्तारमा सहज पार्न राजमार्ग छेउका विद्युत् लाइन अन्यत्र स्थानान्तरण गरिदिन आग्रह गरेको थियो ।

लाइन स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरण धुञ्चेलाई आग्रह गरिए पनि विद्युत् खम्बा सार्ने प्रक्रिया अगाडि नबढ्दा राजर्माग सुधारमा ढिलाइ भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

स्याफ्रुबेँसी–रसुवागढी खण्डको विद्युत् लाइन नयाँ विस्तारका लागि प्रक्रियामा जाने कार्य अगाडि बढिसकेको प्राधिकरण धुञ्चेका सहायक प्रशासन अधिकृत विद्यासागर श्रेष्ठले बताए ।

रसुवागढीमा निर्माणाधीन १११ मेगावाट विद्युत् आयोजना, रसुवा भन्सार कार्यालय, अध्यागमन र सुरक्षा निकायलाई समेत अहोरात्र आवश्यक पर्ने भए पनि स्याफ्रुबेँसी–रसुवागढी क्षेत्रको विद्युत् लाइन हटाउन नसक्ने बताइएको छ ।

विद्युत् लाइन सडकमा भएको निहुँमा चिनियाँ ठेकेदार कम्पनीलाई काम पर सार्न सहज भएको तर विस्फोटक पदार्थको प्रयोगबाहेक अन्य काम गर्न कुनै समस्या नहुने स्थानीयवासीले बताएका छन् ।

यसैगरी स्याफ्रुबेँसीदेखि मैलुङ खण्डमा नेपाली सेनाले निर्माण गरी सडक सुधार आयोजनालाई हस्तान्तरण गरेको १७ किमी नयाँ ट्र्याकको व्यवस्थापन गराउने कार्य अन्तिम चरणमा पुगेको छ ।

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक विस्तार आयोजना प्रमुख भण्डारीका अनुसार निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले अबको दुई महिनाभित्र स्थलगतरूपमा राजमार्ग सुधारका काम शुरु हुने छ ।

स्याफ्रुबेँसी–मैलुङ खण्डमा नयाँ मार्गका छेउ एवं कुनामा टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सडक सतह मिलाई ग्राभेल तथा कालोपत्रेसमेतका काम अगाडि बढेपछि नयाँ मार्गमा ओहोरदोहोर गर्ने सवारी साधन गुडाउन बन्द हुने र सबैखाले सवारी साधन साविक बेत्रावती–धुञ्चेतर्फको पासाङल्हामु राजमार्गतर्फ जानुपर्नेसमेत आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

राजमार्ग सुधारका लागि बोलपत्र प्रक्रिया पूरा भएको लामो समय बितिसक्दा पनि त्रिशूली नदी तथा साना खोल्छाको निर्माण पुल तथा कल्भर्ट निर्माण व्यवसायीले अझै अगाडि बढाएका छैनन् । कालिका टुटी हिण्डुङ एण्ड थोकर जेभीले करिब रु ६० करोडमा सानाठूला ११ पुल निर्माणको जिम्मा लिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ४५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित