निमोनियाबाट कसरी बचाउने बालबालिका? « Khabarhub

निमोनियाबाट कसरी बचाउने बालबालिका?


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबालिकाको मुत्यु निमोनिया, झाडापखाला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरुबाट हुने गर्दछ ।

एक तथ्यांकका अनुसार संसारभर करिब १६ लाख बालबालिकाहरु निमोनियाबाट मात्रा मृत्यु भएको देखिन्छ । निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्छन् । निमोनिया ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युको एउटा प्रमुख कारण हो ।

५ वर्ष मुनिका बालबालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्युको कारण निमोनिया हो । सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ । निमोनियाबाट बालबालाईलाई समयमै नजोगाएमा सन् २०३० सम्ममा विश्वभर १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ ।

के हो निमोनिया ?

निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने कोखा हाल्ने समस्या हुन्छ । कडा निमोनियाले बालबालिकाको मृत्यु समेत हुनसक्छ ।

निमोनियाबाट हुने मृत्युदर कम गर्न के गर्ने ?

– जन्मेदेखि ६ महिनासम्मका बालबालिकालाई आमाको दुध मात्र खुवाउने,

– ६ महिनापछि आमाको दुधको साथै थप खाना पनि खुवाउने,

–नियमित खोपहरु लगाउने,

–नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने,

–बालबालिकालाई धुवा, धुँलो, धुम्रपान बाट टाढा राख्ने ।

निमोनियाको उपचार शीघ्र र सही औषधिबाट गर्नुपर्छ । सही समयमा निमोनियाको उपचार गरिएमा निमोनियाबाट हुने मृत्युलाई रोक्न सकिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : १४ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा