उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी « Khabarhub

उपमहानगरपालिकाद्वारा प्लाष्टिक बिक्रीको तयारी


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही–घोराही बजारलाई वातावरणीयरूपमा प्रदूषण हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक बिक्री गर्ने भएको छ ।

जथाभावीरूपमा फोहर फाल्दा शहरमा प्रदूषण बढ्ने र ल्याण्डफिलसाइटसमेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रूपमा रहेका प्लाष्टिकजन्य वस्तु खरीद गरेर बिक्री गर्ने तयारी गरेको हो ।

पुनःप्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यवस्तुका खोललगायतका प्लाष्टिकजन्य वस्तु खरीद गर्नका लागि उपमहानगरपालिकाले यो आर्थिक वर्ष रु सात लाख बजेट छुट्याएको छ ।

सोही रकमबाट उपमहानगरपालिकाले पहिलोपटक शहरी क्षेत्र वडा नं १४ र १५ सँगै शहरी क्षेत्रका रूपमा विकास हुँदै गरेका वडा नं १०, १३, १६ र १७ लगायतका वडाबाट प्लाष्टिकजन्य वस्तु खरीद गर्ने तयारी गरेको उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले जानकारी दिए ।

प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न उपभोक्तालाई आग्रह गरेको छ । त्यसका लागि अहिले कार्यविधि बनाउने काम भइरहेकाले कार्यविधि बनेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उनले बताए ।

“पहिलोपटक कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्यविधि बनाउँदैछौँ”, केसीले भने, “कार्यविधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।”

उनका अनुसार उपमहानगरपालिकाले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका सङ्घसस्थामार्फत प्लाष्टिक खरीद गर्ने तयारी गरेको छ ।

सङ्घसंस्थामार्फत खरीद गर्दा सरसफाइको अभियानलाई प्रभावकारी बनाउन सकिने र सङ्कलनमा सहज हुने देखिएको उनले बताए । “घोराही बजारसँगै शहरोन्मुख वडामा बढ्दै गरेको फोहर कम गर्नका लागि प्लाष्टिक खरीद गर्ने योजनामा छौँ”, उनले भने, “जसले घोराहीलाई प्रदूषण हुनबाट रोक्नका साथै वडा नं १६ मा रहेको डम्पिङसाइटको आयुसमेत बढाउनेछ ।”

गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने र नगल्ने फोहरका रूपमा रहेको प्लाष्टिकलाई खरीद गरेर बिक्री गर्नसके फोहर व्यवस्थापनमा समेत सहजता हुने शाखा प्रमुख केसीले बताए । प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफूले बिक्री गर्ने भएको छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा भइरहेको उनको भनाइ छ । अहिले उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ३४ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक