सागका स्वर्ण विजेतालाई २५ लाख दिन र खेलकुद मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग « Khabarhub

सागका स्वर्ण विजेतालाई २५ लाख दिन र खेलकुद मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरूलाई जनही २५ लाख रूपैयाँ दिएर सम्मान गर्न सरकारसँग माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै सागका रजत पदक विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले जनही पुरस्कारको व्यवस्था गर्न सरकार र खेलकुद परिषद्सँग माग गरेका छन् ।

तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’

तरुण दलले खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिएको तर मन्त्रीहरुलाई दौरा सुरुवाल खरिद तिर लाग्न लज्जाको विषय भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ ।

सागको १३ औं संस्करणको आयोजक राष्ट्र नेपालले नेपाल अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जितेर प्रतियोगितामा दोस्रो भएको छ ।

नेपालले ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदक हात पारेको छ ।

सागमा शीर्ष स्थामा रहेको भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी कूल ३१२ पदक जितेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ४७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद