सागका स्वर्ण विजेतालाई २५ लाख दिन र खेलकुद मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग « Khabarhub

सागका स्वर्ण विजेतालाई २५ लाख दिन र खेलकुद मन्त्रीलाई बर्खास्त गर्न तरुण दलको माग


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरूलाई जनही २५ लाख रूपैयाँ दिएर सम्मान गर्न सरकारसँग माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै सागका रजत पदक विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले जनही पुरस्कारको व्यवस्था गर्न सरकार र खेलकुद परिषद्सँग माग गरेका छन् ।

तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’

तरुण दलले खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिएको तर मन्त्रीहरुलाई दौरा सुरुवाल खरिद तिर लाग्न लज्जाको विषय भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्राष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ ।

सागको १३ औं संस्करणको आयोजक राष्ट्र नेपालले नेपाल अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जितेर प्रतियोगितामा दोस्रो भएको छ ।

नेपालले ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदक हात पारेको छ ।

सागमा शीर्ष स्थामा रहेको भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी कूल ३१२ पदक जितेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ४७ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको