कांग्रेसले पदाधिकारी बैठकमा केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्ने « Khabarhub

कांग्रेसले पदाधिकारी बैठकमा केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्ने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरु हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति बैठकमा यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि सार्वजनिक कार्यक्रम मार्फत नै आन्तरिक अन्तरघातका कारण कांग्रेसले चुनाव हारेको भन्दै अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउँदै आएका छन् ।

कांग्रेसको भोलिदेखि हुने केन्द्रीय समिति बैठकमा पनि यिनै विषयलाई प्राथमिकतामा राखेर छलफल गरिने शर्माले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १ : ३३ बजे

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई