छोराछोरीलाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु ! « Khabarhub

छोराछोरीलाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विद्या वा शिक्षा विनाको मानिस पशु समान हुन्छ भन्ने उक्ति नेपाली समाजमा परम्परादेखि नै चल्दै आएको छ ।

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व छ ।

जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किन कि ? शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो ।

त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख्न सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो । जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन ।

पूर्वीय दर्शनले पनि शिक्षाको महत्वलाई जोडतोडका साथ व्याख्या गरिएको पाइन्छ । आफ्ना सन्ततीलाई शिक्षा वा विद्या नदिने वुवाआमा वा अभिभावकको केही अर्थ नहुने उल्लेख छ । नीति शास्त्रको एक श्लोकमा भनिएको छ । बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन् ।

विद्याले युक्त मानिस जताततै पुजिन्छ र कुनै पनि महत्वपूर्ण सभा वा कार्यमा उनको विद्वताको प्रशंसा हुने नै गरेको छ । त्यसैले सन्ताललाई विद्याबाट पर राख्नु मुर्खता हो । आजभोलि जीवन उपयोगी वा प्रयोगात्मक शिक्षामा जोड दिइन्छ । जसले गर्दा आगामी जीवनमा सहजता पाइन्छ ।

हिन्दू धर्म दर्शनमा केही श्लोकहरु रहेका छन् जसलाई हेर्नुभयो भने विद्याको महत्व प्रष्ट हुन्छ ।

नमन्ति फलिनो वृक्षा: , नमन्ति गुणिनो जनाः ।
शुष्क काष्ठश्च मूर्खश्च, न नमन्ति कदाचन् ।। ( चाणक्य नीति )

लटरम्म फल फलेको रुखको हागो जमिन तिर झुकेको हुन्छ । गुणी र विद्वान मानिस पनि सदैब झुक्छन् । तर सुकेको र मूर्ख मानिस कहिल्यै झुक्दैनन् ।

मूर्खोऽपि शोभ तावत् सभायां वस्त्रष्टितः ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ॥

शुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (राम्रो) देखिन्छ जबसम्म केही बोल्दैन ।

माता शत्रुः पिता वैरी येन बालो न पठितः ।
न शोभते सभामध्ये हंस मध्ये बको यथा ॥

बालबालिकालाई नपढाउने आमा-बाबु बालबालिकाका शत्रु हुन्; किनभने नपढाइएका बालबालिका पछि गएर विद्वत सभामा, हाँसको बथानमा बकुल्ला जस्तो अशोभनीय लाग्छन् ।

विद्या ददाति वनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्म तातः सुखम् ॥

विद्याले व्यक्तिलाई विनम्रता प्रदान गर्छ । विन्रमताले मानिसलाई सुयोग्य बनाउछ । सुयोग्य पात्रलाई धन प्राप्त हुन्छ । धनबाट सुकार्य (परोपकार/धर्म) गर्न सकिन्छ । धर्म (सुकार्य) बाट मानिसलाई सुख-शान्ति प्राप्त हुन्छ ।

उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशान्ति मुखे मृगाः ॥

कार्यसिद्ध गर्न परिश्रम गर्नुपर्छ, इच्छा मात्र गरेर हुँदैन । सुतेको सिंहको मुखमा आएर कुनै पनि पशु आफै पसिदिँदैन ।

न दैवमिति सञ्चिन्त्य त्यजेदुद्योगमात्मनः ।
अनुद्योगेन तैलानि तिलेभ्यो नाप्तुमर्हति ॥

‘भाग्यमा जे छ त्यही हुन्छ’ भनेर उद्योग गर्न छोड्नुहुदैन । परिश्रम नगरी त तिलको दानामा रहेको तेल पनि हात लाग्दैन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  २ : २८ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको