युएई पठाइदिने भन्दै युवासँग रकम अशुल्ने ओशो रिक्रुटिङ्ग म्यानपावारमा विभागको छापा « Khabarhub

युएई पठाइदिने भन्दै युवासँग रकम अशुल्ने ओशो रिक्रुटिङ्ग म्यानपावारमा विभागको छापा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले शान्तिनगरमा रहेको ओशो रिक्रुटिङ्ग एजेन्सीमा छापा मारेको छ ।

संयुक्त अरब इमिरेट्समा रोजगारीमा युएई जान लागेका एक युवासँग २ लाख ५ हजार लिंदै गर्दा रङ्गेहात म्यानपावरबाट नगद रकम वरामद गरेको विभागले जानकाी दिएको छ ।

युएईको इमिरेट्स कम्पनीमा लाइट ड्युटी ड्राइभर पदमा जानको लागि म्यानपावरले २ लाख ३० हजार माग गरेको पीडित युवासँग दिएको विभागका सूचना अधिकारी भोला गुरागाँईले जानकारी दिएका छन् ।

श्रम स्वीकृति भए पश्चात म्यानपावरले पैसा नदिएसम्म टिकट नदिने भन्दै हप्तौं सम्म कुराएपछी म्यानपावर विरुद्ध विभागमा उजुरी दिएको उनले बताए ।

पीडित युवाको उजुरीका आधारमा विभागको अनुगमन टोली बुधाबर म्यानपावर कम्पनीमा पुग्दा म्यानपावरका अपरेशन म्यानेजरले ती युवाबाट लिएको २ लाख ५ हजार रकम गन्दै गर्दा उक्त रकम जफत गरिएको हो । म्यानपावरले यस अघि भिषा प्रक्रियाका लागि भन्दै २० हजार रकम लिइसकेको पाइएको विभागले जनाएको छ ।

रकम अशुल्ने म्यानपावर कम्पनी सञ्चालक सहित रकम लिने दुई कर्मचारीलाई विभागमा उपस्थित हुन पत्र काटिएको छ । घटनाको थप अनुसन्धान गरि पीडितलाई सरकारले तोकेको लागतमै विदेश पठाउने ग्यारेन्टी गरि म्यानपावरलाई कारवाही गरिने विभागले जनाएको छ ।

पछिल्लो समय विभागले युवासँग तोकिएको लागत भन्दा बढी शुल्क लिने एजेन्ट तथा म्यानपावर विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाउदै लागेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : १० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा