लुम्बिनी बिकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने « Khabarhub

लुम्बिनी बिकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश दर अघिल्लो वर्षको भन्दा बढी हो । संस्थाले अघिल्लो वर्ष १७.०७ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।

शेयरधनीलाई १५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : २१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि