सागरनाथ वन परियोजनाबारे संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश « Khabarhub

सागरनाथ वन परियोजनाबारे संघीय सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सागरनाथ वन परियोजनाबारे केन्द्र सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सागरनाथ वन परियोजनाबारे केन्द्र र प्रदेश नम्बर २ सरकारबीच विवाद देखिएको थियो ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलाशले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्लाही, महोत्तरी र रौतहटको १३ हजार १ सय ३२ हेक्टर क्षेत्रफलमा फैलिएको सागरनाथ वन परियोजनाबारे फागुन २४ गते मन्त्रिपरिषदबाट निर्णय गर्दै प्रदेश २ सरकारले आफ्नो मातहत ल्याएको थियो ।

तर, यस निर्णयलाई केन्द्र सरकारले अस्वीकार गरेपछि विवाद चर्किएको थियो । प्रधानमन्त्री कार्यालयले जेठ २३ गते सागरनाथ वन परियोजनालाई द टिम्बर कर्पोरेसनमा मर्ज गरेर वन निगम लिमिटेड बनाउने निर्णय गरेको थियो ।

त्यसपछि केन्द्र सरकारले संविधानविपरित परियोजना आफ्नो मातहत राखेको भन्दै प्रदेश नम्बर दुई सरकारले संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रदेश २ सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारी बेचनकुमार महतोले सर्वोच्च अदालतमा दायर गरेको रिटमा यसअघि न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : २७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी