सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म सञ्चालन नहुनु दुःखद्: नेता साह « Khabarhub

सिम्रौनगढको मालपोत र नापी कार्यालय अहिलेसम्म सञ्चालन नहुनु दुःखद्: नेता साह


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारा जिल्लाको सिम्रौनगढमा मालपोत र नापी कार्यालय संचालन नभएकोमा दु:ख व्यक्त गरेका छन् ।

बुधबार कार्यालय संचालनका लागि मागसहित अध्यक्ष साहको नेतृत्वमा बारा जिल्लाका नेताहरुको टोलीले भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालसंग भेट गरेका छन् । सो क्रम अध्यक्ष साहले सरकारी निर्णय भएको ४ वर्ष भइसक्दा पनि कार्यालय संचालन नहुनु दु:खद रहेको जीकिर गरे ।

उनले भने, “बाराको सिम्रौनगढ जस्तो ऐतिहासिक नगरीमा एकिकृत सेवा केन्द्र स्वीकृत भइ सञ्चालनका लागि घर भाडामा लिएको पनि दुई वर्षभन्दा बढी वितिसक्दा समेत नापी र मालपोत लगायतका सेवा प्रवाह अझसम्म सुचारू हुन नसक्नु दुःखद हो । यस्तो गम्भीर विषयमा पनि लापरबाही हुनाले सिम्रौनगढबासीलाई दुखी मात्र बनाएको छैन, स्थानीयलाई मालपोतसम्बन्धि कामका लागि समस्या भइरहेको छ । हामी आग्रह गर्दछौं कि उक्त कार्यालय छिटो संचालनका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ।”

जवाफमा मन्त्री अर्यालले कर्मचारी अभावका कारण कार्यालय संचालन हुन नसकेको भन्दै छिटै कार्यालय उद्घाटनका लागि आफै जाने आश्वासन दिइन । अध्यक्ष साहको नेतृत्वमा नेकपाका केन्द्रित सदस्यहरू बलबीर चौधरी र अच्युत मैनालीसहित नेताहरु बतहु यादव तथा उमेश कुश्वाहालगायत बारा ज़िल्लाका नेताहरुले मन्त्री अर्याललाई भेटेका थिए ।

२०७२ सालमा मन्त्रिपरिषदबाट सिम्रौनगढमा कार्यालय स्थापना गर्ने निर्णय भएको र २०७३ सालदेखि कार्यालय भाडामा लिइसकिएको भएपनि कर्मचारी नपठाइएकोले कार्यालय संचालन हुन नसकेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : ३० बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार