एक किलो चियापत्तीको मूल्य ८० हजार ! « Khabarhub

एक किलो चियापत्तीको मूल्य ८० हजार !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जाडो मौसम होस् या गर्मी नै किन नहोस्, चिया पिउने मानिसहरु धेरै हुन्छन् ।

चियाको लत लागेका मानिसहरु चियाविना बस्न सक्दैनन् । सामान्यतया चियाको मूल्य प्रतिकिलो ८० देखि १ सय सम्म पर्छ होला भन्ने मानिहरु बुझ्छन् । तर, भारतको आसाममा दुर्लभ ‘मनोहारी गोल्ड चिया’ अहिलेसम्मकै भारी मूल्यमा बिक्रि भएको छ ।

गुवाहाटी टी अक्शन सेन्टरमा एक किलो मनोहारी गोल्ड टी ८० हजार रुपैयाँमा बिक्रि भएको हो । पछिल्लो वर्ष यसै चिया एक किलोग्रामको ६२ हजारमा बिक्रि भएको थियो ।

यसभन्दा अघि सन् २०१८ मा अरुणाञ्चल प्रदेशको डोनी पोलो टी एस्टेटको एक किलो गोल्डन नीडल चिया ६४ हजारमा बिक्रि भएको थियो ।

गुवाहाटी टी अक्शन बायर एसोसिएशनका सचिव दिनेश बिनानीले सार्वजनिक अक्शनमा कुनै पनि चियाको यो सबैभन्दा बढि मूल्य हो ।

माथिल्लो आसाममा डिब्रुगढमा मनोहारी टी एस्टेटका मालिक राजन लोहियाले भने ‘यस प्रकारको चिया ५ किलो मात्र बनाइएको हो । यसलाई उत्पादन गर्न निक्कै गाह्रो हुन्छ । करिब ५ वर्षबाट यसको उत्पादन सुरु गरिएको हो ।’

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ४३ बजे

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)