पूर्व अर्थमन्त्री डा. महतको ‘ट्रायल्स, ट्रेमर्स एण्ड होप’ सावर्जनिक | Khabarhub Khabarhub

पूर्व अर्थमन्त्री डा. महतको ‘ट्रायल्स, ट्रेमर्स एण्ड होप’ सावर्जनिक


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व अर्थमन्त्री  डा रामशरण महतको नयाँ पुस्तक ‘ट्रायल्स, ट्रेमर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेमपोररी नेपाल’ सार्वजनिक भएको छ ।

बुधबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुस्तक सार्वजनिक गर्दै पुस्तकका विषमा चर्चा गरेका थिए । पुस्तकमा सबै कुरा समेटिएको भएपनि  पूर्वाधार विकासको नाममा वातावरणमा परेको असरको बारेमा  उल्लेख नभएको  तर्क गरे ।

उनले फरक प्रसंगमा चुरे दोहन भइरहेको सन्दर्भमा सरकारले पनि विकासको नाममा विनाश गर्नु नहुने बताए । उनले चुरे विनाश भएको भन्दै विकासको नाममा वातावरणमा असर पुर्‍याउनु नहुने धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुस्तकमा आफ्ना विचार व्यक्त गर्न नसकेको बताए । पुस्तक लेख्ने मान्छे आफ्नो धारणा राख्न डराउनु नहुने भन्दै नागरिकता तथा भूमि सुधार ऐनले नेपालको अर्थतन्त्रमा पारेको विषयमा त्यति धेरै उल्लेख नभएको तर्क गरे ।

अर्थविद् डा स्वर्णिम वाग्लेले पुस्तकले नेपालको अर्थतन्त्र सम्बन्धी सम्पूर्ण कुरा समेटिएको बताउँदै यो पुस्तक नेपाली अर्थतन्त्रबारे बुझ्न चाहनेको लागि एक दस्तावेज भएको बताए ।

महतले पुस्तकमा बहुदलीय, उदार र प्रजातान्त्रिक अर्थविकासको बारेमा समेत चर्चा गरेको र अबको अर्थतन्त्र कसरी चल्नुपर्छ भनेर थाहा पाउनको लागि पनि यो पुस्तक महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा डा. विन्दु लोहनी, कनक मणी दिक्षित, डा मिनेन्द्र रिजाल लगायतले पुस्तकको बारेमा आफ्नो धारणा राखेका थिए ।पुस्तक नेपालको अर्थ राजनीतिक अर्थ व्यवस्थाको बारेमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ०९ बजे

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु