कमेडी च्याम्पियन: चर्चामा सुमन कोइराला | Khabarhub Khabarhub

कमेडी च्याम्पियन: चर्चामा सुमन कोइराला


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पछिल्लो समययता नेपालमा रियालिटी शोको लोकप्रियता बढ्दो छ । केही हप्तादेखि कमेडी रियालिटी शो कमेडी च्याम्पियन प्रदर्शनमा आएको छ । च्याम्पियनमा हास्य क्षेत्रमा मौका खोजिरहेका कमेडियनले सहभागिता जनाएका छन् ।

शोको चर्चा बढ्दै छ । मनोज गजुरेल, सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा छन् ।

इटहरीका सुमन कोइरालाको पनि चर्चा भइरहेको छ । ‘कमेडी च्याम्पियन’ को ‘टप–१५’ मा परेका सुमनको कमेडी शैलीलाई लिएर दर्शक उत्साहित भएका छन् । सुमन पनि कमेडी च्याम्पियनमा आफ्नो कला देखाउन पाउँदा खुशी व्यक्त गर्छन् ।

उनको प्रस्तुतिले निर्णायकलाई पनि खुशी तुल्याएको छ । उनको हास्य चेत र चोटिलो प्रहारलाई धेरैले रुचाएका छन् । निर्णायकले पनि सुमनले प्रस्तुत गर्ने विषयवस्तुलाई लिएर तारिफ गर्ने गर्छन् ।

एकै विषयवस्तुमा धेरै कुरा अटाउने उनको खुबीको तारिफ हुने गरेको छ ।

आयोजकले यो शो दर्शकले छोटो समयमा नै मन पराउँदै गएको बताएको छ । आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई मोबाइलमा इसेवा एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

नेपालमा पहिलोपटक शुरु भएको यो खाले कमेडी शोले चर्चा पाइरहेको छ । शोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् भने रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गरिरहेकी छिन् ।

कमेडी च्याम्पियन हुने विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : २६ बजे

चेक बाउन्समा एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने

काठमाडौं– चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि

बाँकेमा झाडापखालाबाट थप एक जनाको मृत्यु

बाँके– बाँकेमा झाडाबान्ताबाट थप एक जनाको मृत्यु भएको छ ।

पहिरोमा बेपत्ता वडासदस्य दम्पतीको शव भेटियो

काँक्रेविहार– जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय

कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै

पर्वत– नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन्

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सरकारविरुद्ध सर्वोच्चमा रिट दायर 

काठमाडौं– कोरोना बीमा रकम भुक्तानी माग गर्दै संघीय सरकारविरुद्ध सर्वोच्च