धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा जात्रा « Khabarhub

धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा जात्रा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा लागि रहेको छ ।

दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको विशेष दिन आज साँझदेखि बिहीबार अपरान्हसम्म भए पनि शनिबारदेखिनै शुरु भएको भक्तजनको आगमन तथा सहभागिता उल्लेख्य रहेको मन्दिरका पुजारी भगवान्हरि धितालले जानकारी दिए ।

उनका अनुसार गत आइतबार (एकादशी) देखि शुरु भएको भक्तजनको आगमन एकादशी (आइतबार) देखि मंगलबारसम्म दश हजार भन्दाबढी भइसकेका छन् । मुख्य दिन आज र बिहीबार त्यति नै सङ्ख्यामा भक्तजनले दर्शनको लागी अन्दिर आउने अपेक्षा छ ।

स्थानीयबासीको अनुसार करीब २०० वर्ष अघि स्थानीय बासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आरना तथा आस्था प्रकट गर्ने गरेका छन् ।

समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौं को पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती पनि जोडिन्छ ।

‘भत्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी आउने गरेको पूजारी धितालको भनाइ छ ।

मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउनी हुने लगायतको विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन् ।

‘सानो पशुपतीनाथ’ को रुपमा परिचित महादेव दुप्चेश्वर गाउँपालिका–३ मा अवस्थित छ । उक्त स्थानसम्म जान भौगोलिक रुपमा कठिन हुने हुँदा एक पटक पुग्नु नै पर्छ भन्ने धेरै भक्तजनको भाकल पूरा गर्न सहज व्यवस्थापन बनाउन आफूहरु सक्रिय रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

उनका अनुसार जात्रामा सहभागी भक्तजनका लागि आउजाउ सहज बनाउन रामती बजारसम्म नै यातायातको साधन सञ्चालनमा ल्याइएको छ । जसको कारण १५ मिनेट पैदल हिँडेरै भगवानको स्थलसम्म पुग्न सकिन्छ ।

जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बाँस बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाक्री, लामा, ठ्याङ्ग्रेहरुको लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको अध्यक्ष तामाङले जानकारी दिए । दुप्चेश्वर जात्रामा धुपी, डोको, थुञ्चे बिक्री मेलामा फस्टाउने भए पनि सरकारले निगालो कटानमा लगाएको प्रतिबन्धले हस्तकलाबाट उत्पादित सामग्री बेच्न बस्नेको सङ्ख्या पछिल्लो वर्षहरुमा घट्दै गएको छ ।

दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत जिल्लाबाट तीर्थालुहरु दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेका छन् । गतवर्ष धान्य पूर्णिमाको अवसरमा १५ हजार दर्शनार्थीले दर्शन गरेकाले यस वर्ष त्योभन्दा वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ३० बजे

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई