सरकार र सीके राउतबीच भएको सहमतिप्रति शेखर कोइरालाको आपत्ति « Khabarhub

सरकार र सीके राउतबीच भएको सहमतिप्रति शेखर कोइरालाको आपत्ति


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच भएको ११ बुँदे सहमतिप्रति आपत्ति जनाएका छन् ।

विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनु उपयुक्त भएपनि सहमतिको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ शब्द राष्ट्रिय स्वाधीनता एवम् अखण्डताको विपक्षमा रहेको कोइरालाको भनाइ छ ।

सीके राउतसँग भएको सहमतिअनुसार नेपाली जनताले कुनै पनि हालतमा ‘जनअभिमत’ (जनमत संग्रह) स्वीकार गर्न नसक्ने कोइरालले जनाएका छन् ।

सीके राउतसँग भएको सहमतिमा दुवै पक्ष (सरकार र राउत)को नियतमा खोट देखिएको पनि कोइरालले बताए । ‘सहमतिको मसी सुक्न नपाउँदै जनकपुरमा सीक राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन, झस्काएको समेत छ,’ कोइरालाले भने, ‘दुवै पक्षबाट यसको अविलम्ब निदान हुन जरुरी छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : ४९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल