हेटौँडाको महोत्सवमा पुग्यो ‘यात्रा’ टिम, सलिनमानको क्रेज « Khabarhub

हेटौँडाको महोत्सवमा पुग्यो ‘यात्रा’ टिम, सलिनमानको क्रेज


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘ए मेरो हजुर २’ बाट एकाएक चर्चामा आएका युवा अभिनेता सलिनमान बनियाँको हेटौँडामा क्रेज देखिएको छ । हेटौँडामा जारी औद्योगिक मेलामा उपस्थित दर्शकमाझ सलिनमान पुगेका थिए ।

अभिनेता सलिनमानसँगै निर्माण टिम फिल्म ‘यात्रा’ को प्रचारका लागि महोत्सवमा पुगेको थियो । महोत्सवमा सलिनमानसँगै सलोन बस्नेत , मलिका महत , जाह्नवी बस्नेत , रेअर राई , विशाल सापकोटा , प्रेक्षा बज्राचार्य लगायत पनि पुगेका थिए ।

कलाकारले महोत्सवमा फिल्मको गीत ‘चट्ट रुमाल’ मा डान्स गर्नुका साथै फिल्मका संवाद समेत दर्शकलाई सुनाए ।

महोत्सवमा उपस्थित दर्शकबीच सलिनमानको क्रेज उच्च देखिएको थियो । सलिनमानले ‘नमस्ते हेटौँडा’ भन्दा दर्शकले स्वरमा स्वर मिलाएर हुटिङ गरिरहेका थिए ।

यात्राको क्रममा आउने घटनाक्रमलाई प्रस्तुत गरिएको फिल्ममा फिल्ममा सलोन बस्नेत , जान्वी बस्नेत , जयनन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय देख्न सकिनेछ । फिल्ममा विदेशी कलाकारले समेत अभिनय गरेका छन् ।

सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेदेखि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ११ : ४९ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित