देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ: दीपकराज गिरी « Khabarhub

देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ: दीपकराज गिरी


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनले फिल्म रिलिजका बेला सामाजिक सञ्जालबाटै फिल्मको प्रचार गर्न भ्याएका हुन्छन् भने देशको राजनीतिक अवस्थाबारेमा पनि उनले व्यङ्ग्य गरेका हुन्छन् ।

यसैबीच कलाकार गिरीले देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने धारणा राखेका छन् । पछिल्लो केही दिन सीके राउतले राजनीतिक माहोल तताइरहेका बेला गिरीले यस्तो लेखेका हुन् ।

यद्यपि उनले आफ्नो भनाइमा व्यक्ति विशेषभन्दा पनि प्रवृत्तिलाई जोड दिएका छन् ।

‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ, देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’, दीपकराज गिरीले फेसबूकमा लेखेका छन् ।

फिल्मको कुरा गर्ने हो भने दीपकराज गिरीले रोहित अधिकारीसँग मिलेर नयाँ फिल्ममा काम गर्दैछन् । जुन फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : ११ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले