यौनभित्र लुकेका ६ कुरा, जसलाई बुझ्नै पर्छ « Khabarhub

यौनभित्र लुकेका ६ कुरा, जसलाई बुझ्नै पर्छ


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यौन र यौनसँग जोडिएका तथ्य इन्टरनेटमा पनि सर्वाधिक खोजीको सूचीमा रहेका विषय हुन् । इन्टरनेट प्रयोगकर्ताले विश्वमा यौन, यौनसँग जोडिएका जिज्ञासा, यौन शक्ति बढाउने उपायलगायतका विषय हुने खोजी बढी भेटिएको छ । धेरैको चाहानालाई समेटिने यौनका विषयमा लुकेका कुरा यस्ता छन् ।

मस्तिष्क र यौन

यौनलाई धेरैले शारीरिक सम्पर्कका रुपमा मात्र व्याख्या गर्ने गर्दछन् । तर, यो शारीरिक सम्पर्कमात्र नभई मानसिक रुपले तन्दुरुस्त भएर गरिने क्रियाकलाप हो । त्यसैले यौनलाई ‘ब्रेन गेम’का रुपमा पनि धेरैले परिभाषित गर्ने गरेका छन्।

यौन गतिविधिका लागि मस्तिष्कको केही भागको महत्वपूर्ण भूमिका हुन्छ। जसका कारण अन्तरंग पहलहरूका लागि चाहना जन्मन्छ। यदि कुनै कारणवश यी भाग प्रभावित भए व्यक्तिको यौनचाहना प्रभावित हुन्छ। यो पलबाट तपाईं टाढा हुनुभएको छ भने चाँडै नै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

उमेरको हाउगुजी

उमेरका विषयलाई लिएर धेरैले यौनसँग सम्बन्धित जिज्ञासा राख्ने गरेका छन् । उमेर बढ्दै गए यौन चाहाना घट्छ भन्ने मान्यता राख्ने पनि धेरै छन् । निक्कै पाको उमेर भएकामा यौन चाहाना कम हुनु स्वभाविक नै हो तर, उमेरको लेखाजोखा नगर्ने हो भने मानिसले निक्कै धेरै उमेरसम्म पनि आफ्नो यौन चाहनालाई तन्दुरुस्त पार्न सक्छ ।

धेरै अध्ययनले पनि के देखाएको छ भने, बढ्दो उमेरसँगै महिलाहरू अझ राम्रो सेक्स पार्टनर सावित हुनसक्छन् । उनीहरुको प्रजनन क्षमता कम भएपनि यौनको विशेष चाहनामा कमी नआउने देखिएको छ । जसका कारण गर्भ नरहने तर यौनको अन्तरंग पललाई भरपूर उपयोग गर्नसक्ने अवस्था हुन्छ ।

तनावले दिने दुःख

तनाव यौन जीवनमा मात्र होइन, समग्र जीवनलाई नै तहसनहस बनाउने एक कारक हो । तनावले महिला र पुरुष दुवैलार्ई फरकफरक प्रभाव पार्छ । महिलामा अझै धेरै नकारात्मक असर पार्दछ । त्यसैले यौन स्वास्थ्यका लागि तपाईं तनावमुक्त हुनुपर्छ । तनाव कम गर्न दिनमा एउटा तपाईंलाई राम्रो लाग्ने काम गर्नुहोस् । कामका लागि दिएको समय र दिनभरको समयबाट १ घन्टा निकालेर आफू खुसी काम गरेमा त्यसले यौन स्वास्थ्यलाई मजबुद बनाउन सक्छ ।

सन्तुलित भोजन

मानिसको स्वास्थ्यका लागि खाना सबैभन्दा ठूलो कुरा हो । त्यसैले स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता पर्दछ । यौन स्वास्थ्यका लागि पनि सन्तुलित भोजन त्यतिकै महत्वपूर्ण हो ।

योसँगै यौन इच्छा जगाउन स्ट्रवेरी, ब्लुबेरी, वाटरमेलन, एवोकाडो, चना, महलगायतका खानेकुरा महत्वपूर्ण हुन्छन् । खानपानमा विशेष ध्यान दिनसके यौनलाई व्यवस्थित बनाउन सहज पर्दछ ।

औषधी उपचारबाट हुने समस्या

विभिन्न रोगको औषधि सेवन गर्दा पनि मानिसमा यौन इच्छा हराउन सक्छ । कन्ट्रेलपिल्स, ब्लड प्रेसरको औषधिले यौन चाहना घटाउने एक अध्ययनले देखाएको छ । योसँगै अन्य औषधिको सेवनले यसलाई प्रभाव पार्नसक्छ । यस्तो समस्या देखिएका चिकित्सकसँग सल्लाह लिनुनै सबैभन्दा उपयुक्त हुन्छ ।

यौनका लागि योग

मानिसलाई तन्दुरुस्त राख्न योग सबैभन्दा ठूलो उपाय हो । तर, यसको नियमितता आवश्यक पर्दछ । मानिसको समग्र स्वास्थ्यसँगै यौन स्वास्थ्यका लागि पनि योग महत्वपूर्ण सावित भएको देखिन्छ । यौन इच्छाका लागि विज्ञहरूको सल्लाहअनुरूप केही विशेष योगाभ्यास गर्नु राम्रो हुन्छ । तर, यसको निरन्तरता र नियमितता उत्तिकै धेरै आवश्यकता छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १२ : ४२ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै