‘प्रेमगीत ३’ का लागि राजेश हमाल सकारात्मक ? यस्तो हुनेछ फिल्मको कथा « Khabarhub

‘प्रेमगीत ३’ का लागि राजेश हमाल सकारात्मक ? यस्तो हुनेछ फिल्मको कथा


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनले प्रेमगीतमा प्रदीप खड्का उर्फ ‘प्रेम’ को बुबाको भूमिकामा राजेश हमाल अझै फाइनल नभएको बताएका छन् । यद्यपि फिल्मका लागि हमाल सकारात्मक भएको सेनले बताए ।

खबरहबसँगको विशेष कुराकानीमा उनले हमालसँग पहिलो चरणको वार्ता भएपनि फिल्ममा काम गर्ने या नगर्नेबारे अझै पक्का नभएको जानकारी दिए ।

‘पहिलो चरणको वार्ता भएको हो, उहाँले कन्सेप्ट पनि मन पराइसक्नुभएको छ, तर अझै फाइनल भएको छैन,’ निर्माता सेनले भने, ‘केही दिनमा फेरि भेटघाट गर्दैछौँ, अहिले भने हामी फिल्मको कथामा नै लागिपरेका छौँ ।’

कुनै जमानाका निकै व्यस्त अभिनेता राजेश हमाल केही वर्षयता फिल्म क्षेत्रबाट सुस्ताएका छन् । फिल्म ‘प्रेमगीत ३’ मा हमालले अभिनय गरे भने  दर्शकका लागि यो फिल्म प्रतीक्षित बन्नेछ ।

फिल्मको कथाका बारेमा पनि निर्माता सेनले खुलासा गरे । उनका अनुसार यो फिल्ममा बाइसे चौबीसे राज्यको कथा हुनेछ । फिल्म निर्माण टिमले कलाकारका पोशाकलाई समेत विशेष डिजाइन दिने योजना बनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ०५ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको